काठमाण्डाै – काठमाण्डौ उपत्यका र आसपास आज राति पनि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
आज साेमवार दिउँसो काठमाण्डौ उपत्यकाको तापक्रम २८ डिग्री सेल्सियससम्म पुगेर पानी पार्ने स्थानीय प्रणालीको विकास भइरहेकाले राति पनि वाग्मतीलगायत प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो ।
हिजाे आइतवार राति पनि काठमाण्डौ उपत्यकामा ठूलो पानी परेको थियो । ठूलो पानी परेर डुबान हुँदा प्रभावित भएको जनजीवन सामान्य बन्दै गएको छ । आज बिहान थुप्रै सडक...