काठमाण्डौ – आज राति सुदूरपश्चिम प्रदेशमा ठूलो पानी पर्ने भएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।
भारतको राजस्थानमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण आज राति १२ बजेदेखि सुदूरपश्चिम प्रदेशका सबैजसो ठाउँमा ठूलो पानी पर्ने र कुनैकुनै ठाउँमा धेरै ठूलो पानी पर्ने सम्भावना भएकाले सतर्कता अपनाउन मौसमविद् हिरा भट्टराईले आग्रह गर्नुभएको छ ।
उहाँका अनुसार आज राति १२ बजेदेखि कैलाली, कञ्चनपुर क्षेत्रबाट यसका प्रभाव पर्न सुरु भएर भोलि बिहानसम्म सुदूरपश्चिम क्षेत्र र कर्णाली प्रदेशका पूरै भूभागमा प्...