काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति पाएको छ ।
कम्पनीले रू. १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासनका लागि वैशाख १० गते सेबोनबाट अनुमति पाएको हो । कम्पनीको विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
कुल कित्तामध्ये कम्पनीले ४० लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने ६० लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट विक्री गर्नेछ । कम्पनीले आगामी १० वर्षसम्मका लागि वार्षिक ११ प्रतिशत ब्याजदरमा ‘एलबिबिएल डिबेन्चर’ नामक ऋणपत्र निष्कासन गर्न अनुमति पाएको हो ।