बैंक अफ काठमाण्डूले ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डसँग माग्यो अनुमति, ११ लाख कित्ता ऋणपत्र निष्कासन गर्ने

वैशाख २८ , काठमाडौं । बैंक अफ काठमाण्डूले ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले रू. १ अर्ब १० करोड बराबरको बराबरको ११ लाख कित्ता ऋणपत्र निष्कासन गर्न सेबोनमा वैशाख २६ गते निवेदन दिएको हो । विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले ७ वर्षका लागि वार्षिक १० दशमलव ५ प्रतिशत ब्याजदरमा बिओके डिबेञ्चर २०८६ नामक ऋण्णपत्र निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको हो ।  धितोपत्र बोर्डबाट स्वीकृती पाएपछि कम्पनीले कुल कित्तामध्ये ४ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने ६ लाख ६० हजार कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट विक्री गर्नेछ । 

सम्बन्धित सामग्री

१३ अर्बको विकास ऋणपत्र निष्कासन हुँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार रु. १३ अर्ब १० करोड बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । ८ वर्षे अवधिको ‘विकास ऋणपत्र २०८८-ग’ बोलकबोल प्रक्रियाद्वारा निष्कासन गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । यो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बिमा कम्पनी, सङ्गठित संस्था तथा सर्वसाधारण नागरिकले खरिद गर्न पाउने […]

सिटिजन्स बैंकले ऋणपत्र निष्कासन गर्ने , सेबोनमा निवेदन

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले रू. ३ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्न  नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ । कम्पनीले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न सेबोनमा असार ८ गते निवेदन दिएको हो । विक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले आगामी १० वर्ष सम्मका लागि वार्षिक १० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो ।  सेबोनबाट ऋणपत्र निष्कासन गर्न अनुमति पाएपछि कम्पनीले कुल ३० लाख कित्तामध्ये १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने १८ लाख कित्ता ऋणपत्र ब्याक्तिगत तबरबाट विक्री गर्नेछ ।

ऋणपत्र निष्कासन गर्दै महालक्ष्मी विकास बैंक

महालक्ष्मी विकास बैंकले चैत २९ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको वार्षिक ११ प्रतिशत ब्याजदरमा ‘११ प्रतिशत महालक्ष्मी डिबेन्चर २०८९’ निष्कासन गर्न लागेको हो । बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।सोमध्ये ६० प्रतिशत अर्थात ६० करोड रुपैयाँ […]

ऋणपत्र निष्कासन गर्दै एनएमबी बैंक, ब्याजदर कति?

काठमाडौं, चैत १२ । एनएमबी बैंकले चैत २१ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ। कम्पनीले १० वर्ष अवधिको वार्षिक १०.७५ प्रतिशत ब्याजदर रहेको ‘एनएमबी डिबेञ्चर १०.७५ प्रतिशत-२०८९/२०९०’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरको ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो। कुल कित्ता ऋणपत्रमध्ये […]

११ प्रतिशत ब्याजदरको ऋणपत्र निष्कासन गर्दै कुमारी बैंक

कुमारी बैंकले ११ प्रतिशत ब्याजदरको ऋणपत्र १७ भदौबाट निष्कासन गर्ने भएको छ । बैंकले १० वर्षे अवधिको एक हजार अंकित दरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।जसमध्ये १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ । १२ लाख कित्ता ऋणपत्र भने सर्वसाधारणका लागि सार्वजनिक निष्कासनबाट बिक्री गरिने बताइएको छ […]

साढे २ अर्बको ऋणपत्र निष्कासन गर्दै हिमालयन बैंक

७ साउन, भदौ । हिमालयन बैंकले १५ भदौबाट ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले प्रति ऋणपत्र अंकित मूल्य १००० रुपैयाँका दरले कुल २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । सात वर्ष अवधिको ऋणपत्रको १०.५ प्रतिशत ब्याजदरमा निष्कासन गर्न लागेको हो । बैंकले ऋणपत्र निष्कासनको लागि नबिल […]

१ अर्बको ऋणपत्र निष्कासन गर्दै महालक्ष्मी विकास बैंक, ११ प्रतिशत ब्याजदर

महालक्ष्मी विकास बैंक लिमिटेडले १ अर्ब रुपैयाँ बरारबको ऋणपत्र निष्कासन गर्ने भएको छ ।

एभरेष्ट बैंकले साढे १० प्रतिशत ब्याजदरको ऋणपत्र निष्कासन गर्ने

१० साउन, काठमाडौं । एभरेष्ट बैंकले ६ वर्ष अवधिको १०.५ प्रतिशत ब्याजदरको ऋणपत्र निष्कासन गिर्ने भएको छ ।  बैंकले १८ साउनदेखि  २ अर्ब रुपैयाँ बराबरको  ऋणपत्र निष्कान गर्न लागेको हो । प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यका २० लाख कित्ता  ऋणपत्र निष्कासन गर्न लागेको हो । ‘एभरेष्ट बैंक ऋणपत्र २०८५’ नाद दिएको  ऋणपत्रमा लगानी गर्नेले […]

लक्ष्मी बैंक र माछापुच्छ्रे बैंकलाई ऋणपत्र निष्कासन गर्न बोर्डले दियो अनुमति

असार १६, काठमाडौं । दुई ओटा कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट ऋणपत्र निष्कासन गर्नका लागि अनुमति पाएका छन् । लक्ष्मी बैंक र माछापुच्छ्रे बैंकले ऋणपत्र निष्कासन गर्न बोर्डको अनुमति  पाएका हुन् ।  लक्ष्मी बैंकले रू. २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न बोर्डबाट असार १५ गते स्वीकृति पाएको हो । बैंकले २० लाख कित्ता ऋणपत्रमध्ये ८ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने १२ लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट विक्री गर्ने जानकारी गराएको छ । बैंकले वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरमा १० वर्ष २०८७ सम्मका लागि ऋणपत्र निष्कासन गर्नेछ । विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।   त्यसैगरी, माछापुच्छ्रे बैंकले रू. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न असार १६ गते बोर्डको अनुमति पाएको हो । जसमध्ये बैंकले १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने १८ लाख कित्ता ऋणपत्र ब्याक्तिगत तबरबाट विक्री गर्नेछ ।   विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ । बैंकले वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरमा १० वर्षका लागि ऋणपत्र निष्कासन गर्न बोर्डको अनुमति पाएको हो ।

राष्ट्रिय वाणिज्य बैंकले ऋणपत्र निष्कासन गर्ने

काठमाडौं, २८ बैशाख । राष्ट्रिय वाणिज्य बैंकलाई धितोपत्र बोर्डले ऋणपत्र विक्रि गर्न अनुमति दिएको छ । बोर्डले बैंकलाई प्रतिकित्ता १ हजार रुपैयाँको दरले २ अर्ब ५० करोड बराबरको इकाई ऋणपत्र विक्रि गर्न अनुमति दिएको हो । कुल २५ लाख इकाईमध्ये १५ लाख इकाई ऋणपत्र बैंक आफैले संस्थाहरुलाई र १० लाख इकाई ऋणपत्र सर्वसाधारणको लागि विक्रि […]