मकवानपुर – बाग्मती प्रदेशमा सत्ता गठबन्धनको भागबन्डा मिलाउन सरकारले मन्त्रालयको सङ्ख्या थपेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गठबन्धनले लामो समयदेखि विनाविगागीय मन्त्रीका रूपमा काम गर्दै आएका नेपाली कांग्रेसका रामकृष्ण चित्रकारलाई मन्त्रालय फुटाएर उद्योग मन्त्रालयको जिम्मेवारी दिएको हो ।
मन्त्री नियुक्त भएको ७७ दिनपछि उहाँले जिम्मेवारी प्राप्त गर्नुभएको हो । माओवादीले सम्हालेको मन्त्रालय फुटाउने कि कांग्रेसले सम्हालेको मन्त्रालय फुटाउने भन्ने विवाद नमिलेका कारण ७७ दिनदेखि जिम्मेवारी...