काठमाडौं : खानेपानी मन्त्री अब्दुल खानले राजीनामा दिने तयारी गरेका छन्। मन्त्रिपरिषद विस्तार गर्न लागेकै बेला खान राजीनामा दिने मनस्थितिका साथ बालुवाटार पुगेका छन्। खानले अहिले प्रधानमन्त्रीसँग छलफल गरिरहेको जनमत पार्टीका नेता बीपी साहले बताए। सिके राउत नेतृत्वको जनमत पार्टीले सुरुदेखि नै उद्योग मन्त्रालयमा दाबी गर्दै आएको थियो । खानेपानी मन्त्री नियुक्त भएपछि पनि झण्डै एक महिना खान कार्यभार सम्हाल्नै गएका थिएनन्। अहिले मन्त्रिपरिषद विस्तार हुँदा उद्योग मन्त्रालय पाउने भनिए प