गुल्मीमा रोकिएको मतदान भोलि

गुल्मी : जिल्लामा स्थगित भएको मतदान केन्द्रमा मंगलवार पुनः मतदान हुने भएको छ। क्षेत्र नम्बर– १ को कालीगण्डकी गाउँपालिका  वडा नम्बर २ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको (क) र (ख) केन्द्रमा  मंगलवार पुनः मतदान हुने भएको मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए।आइतबार मतदान चलिरहेको अवस्थामा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र दिने ठाउँमा प्रदेश सभाको प्रत्यक्षतर्फको  ५५ वटा मतपत्र परेपछि निर्वाचन प्रक्रिया स्थगित गरिएको थियो। मतदान केन्द्रमा रहेका एक हज

सम्बन्धित सामग्री

गुल्मी कारागारमा ३७ कैदीबन्दीले गरे मतदान

४ मंसिर, गुल्मी । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गुल्मी जिल्ला कारागारमा ३७ जना कैदीबन्दीले मतदान गरेका छन् । जिल्ला कारागार गुल्मीमा रहेका कैदीबन्दीमध्ये ३३ जना पुरुष र चार जना महिलाले मतदान गरेको मतदान अधिकृत रामबहादुर कुँवरले जानकारी दिए । कारागारमा मतदान गर्न अस्थायी मतदान केन्द्र निर्धारण गरिएको थियो । जिल्ला कारागारमा रहेका ८० जना कैदीबन्दी […]

गुल्मीमा १ सय ४ वर्षीया वृद्धाद्वारा मतदान

गुल्मी - गुल्मीमा १ सय ४ वर्षीया वृद्धाले मतदान गर्नुभएकाे छ ।  गुल्मीको सत्यवती  गाउँपालिका-३  ठूलो लुम्पेकमा रहेकाे  धर्मपुर मावि  'ख' मतदान  केन्द्रबाट १ सय ४ वर्षीया रनि राहडीले मतदान गर्नुभएको हाे ।   उहाँले  पहिलो  मतदान  गर्नु  भएको  मतदान अधिकृत रामजी  प्रकाश  ढकालले जानकारी  दिनुभयो ।

गुल्मीमा ३८ जना र पाल्पामा ७७ जना कैदीबन्दीले मतदान गर्न पाउने

बुटवल : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा जिल्ला कारागार गुल्मीमा रहेका ३८ कैैदीबन्दीले मतदान गर्न पाउने भएका छन्। कारागारमा रहेका ८० जनामध्ये ३८ जना कैदीबन्दीले मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालय गुल्मीका सूचना अधिकारी मेघलाल पाण्डेले जानकारी दिए। उनीहरूलाई मतदानका लागि कारागार परिसर भित्रै अस्थायी मतदान केन्द्र थपिएको छ। २ निर्वाचन…

गुल्मीमा भएको नमुना मतदानमा १९ मत बदर

गुल्मी – जिल्ला निर्वाचन कार्यालय गुल्मीको आयोजनामा गुल्मीमा नमुना मतदान सम्पन्न भएको छ । जिल्लाको रेसुंगा नगरपालिका र मुसिकोट नगरपालिकामा आज नमुना मतदान सम्पन्न भएको हो । निर्वाचन कार्यालयले आउँदो मंसिर ४ गते गर्नेे प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा बदर मत कम गर्ने उद्देश्यले शनिवार नमुना मतदान गरेको हो । रेसुंगा नगरपालिका १४ को पराल्मी र मुसिकोट नगरपालिका ७ को वामीमा नमुना मतदान गरिएको जिल्ला निर्वाचन कार्यालय गुल्मीकी निर्वाचन अधिकारी मायाँ कुँवरले जानकारी दिनु भयो । रेसुंगाको पराल्मीमा ८० वर्...

गुल्मीमा साढे ७ घण्टामा ४५.८१ प्रतिशत मत खस्यो

गुल्मीमा शान्तिपूर्ण रुपमा मतदान चलिरहेको छ । अहिलेसम्म जिल्लाभर ४५.८१ प्रतिशत अर्थात एक लाख दुई हजार सात सय ३४ जनाले मतदान गरेका छन् । रेसुंगा नगरपालिकामा ५४.६७ प्रतिशत अर्थात १२...

गुल्मीमा १५ मतदान स्थल अति संवेदनशील

गुल्मी– गुल्मीमा १५ मतदान स्थल अति संवेदनशील छन् । २ नगरपालिका र १० गाउँपालिका रहेको जिल्लामा १५ मतदान स्थल अति संवेदनशील रहेको जिल्ला सुरक्षा समिति गुल्मीले जनाएको छ । जिल्लाको कालीगण्डकी, मालिका, मदाने, सत्यवती र चन्द्रकोट गाउँपालिकाका १५ वटा मतदान स्थलहरू अति संवेदनशील रहेको जिल्ला सुरक्षा समिति गुल्मीले जनाएको छ । यस्तै, ४१ वटा मतदान […]

गुल्मीमा मतपत्र विवाद बल्झिँदै, पुनः मतदान गर्न देउवा पक्षको माग

गुल्मीमा नेपाली कांग्रेसको देउवा पक्षले पुनः मतदानको माग गरेको छ। कांग्रेस गुल्मीको आठौं अधिवेशनमा शनिबार अवेरदेखि मतदान रोकिएको छ। मतपत्रमा संकेत फेला परेपछि आइतबार पत्रकार सम्मेलनमार्फत सभापतिका उम्मेदवार (देउवा पक्ष)...

गुल्मीमा स्थगित कांग्रेसको मतदान भोलि ९ बजे हुने

११ मंसिर, गुल्मी । नेपाली कांग्रेसको गुल्मी जिल्ला सभापति पदमा स्थगित भएको मतदान आइतबार मात्र हुने भएको छ । शनिबार मुसीकोट नगरपालिकाको मतदान चलिरहेका बेला संकेत गरिसकेका केही मतपत्र भेटिएपछि विवाद भएको थियो । विवाद समाधानका लागि शनिबार बसेको बैठकले आइतबार बिहान ९ बजेबाट मतदान सुरु गर्ने निर्णय गरेको जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले बताए । […]

गुल्मीमा काँग्रेस अधिवेशन : मतदान प्रक्रिया रोकियो

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत गुल्मीमा नयाँ नेतृत्व चयनका लागि सुरु भएको मतदान प्रक्रिया रोकिएको छ । मुसिकोट नगरपालिका मतदान केन्द्रमा मतपत्रमा संकेत देखिएपछि मतदान प्रक्रिया रोकिएको हो।  मतदान चलिरहेका बेला मतपत्रमा अर्धकट्टी र क्रम संख्या उल्लेख गरिएको फेला परेपछि सभापतिका उम्मेदवार बेदबहादुर थापाले आपत्ति जनाएका छन्। उनले निर्वाचन समितिलाई लिखित पत्र दिएर मतदान रोक्न पनि आग्रह गरेका छन्।  ‘मतपत्रमा अर्धकट्टी र मतपत्रमा क्रम संख्या उल्लेख गरी नियोजित तरिकाबाट

गुल्मीमा कांग्रेसको जिल्ला सभापतिको मतदान रोकियो

११ मंसिर, गुल्मी । नेपाली कांग्रेसको गुल्मी जिल्ला सभापतिका लागि भएको मतदान रोकिएको छ । शुक्रबार सुरु भएको अधिवेशनमा सभापतिका लागि खिलध्वज पन्थी र बेदबहादुर थापा मगर उम्मेदवार छन् । जिल्ला सभापतिको उम्मेदवारमा आकांक्षीको रुपमा उभिएका पन्थी पौडेल पक्ष र थापा देउवा पक्षधर नेता हुन् । एक स्थानीय तहको मतदान चलिरहेका बेला केही मतपत्रमा संकेत […]