गुल्मीमा काँग्रेस अधिवेशन : मतदान प्रक्रिया रोकियो

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत गुल्मीमा नयाँ नेतृत्व चयनका लागि सुरु भएको मतदान प्रक्रिया रोकिएको छ । मुसिकोट नगरपालिका मतदान केन्द्रमा मतपत्रमा संकेत देखिएपछि मतदान प्रक्रिया रोकिएको हो।  मतदान चलिरहेका बेला मतपत्रमा अर्धकट्टी र क्रम संख्या उल्लेख गरिएको फेला परेपछि सभापतिका उम्मेदवार बेदबहादुर थापाले आपत्ति जनाएका छन्। उनले निर्वाचन समितिलाई लिखित पत्र दिएर मतदान रोक्न पनि आग्रह गरेका छन्।  ‘मतपत्रमा अर्धकट्टी र मतपत्रमा क्रम संख्या उल्लेख गरी नियोजित तरिकाबाट

सम्बन्धित सामग्री

काँग्रेस अधिवेशन : प्रदेश १ मा पनि सुरु भयो मतदान

मतपत्रमा नाम छुटेका तीन जनालाई सर्वसम्मत गर्ने सहमतिपछि नेपाली काँग्रेस प्रदेश १ को मतदान प्रक्रिया अघि बढाउने तयारी भएको छ।मतपत्रमा नाम छुटेका जीवन नेपाली (दलित कोटा), शान्तिकला राई (महिला कोटा) र भूगोलबाट श्याम खड्गीलाई सर्वसम्मत गर्ने निर्णय भएको निर्वाचन समितिका अधिकृत भरत थापाले बताए ।निर्वाचन कार्यतालिका अनुसार बिहान ८ बजेदेखि तोकिएको थियो । तर मतपत्रमा तीन जनाको नाम छुटेपछि पाँच घण्टा पछि मतदान शुरु भएको हो ।

कर्णालीमा काँग्रेस अधिवेशन : डेढ घण्टापछि सुरु भयो मतदान

कर्णालीमा निर्वाचन समितिले तोकिएको समयभन्दा साढे एक घण्टा ढिलागरी मात्र  काँग्रेस अधिवेशनको मतदान प्रक्रिया सुरु भएको छ।  निर्वाचन कार्यतालिका अनुसार दिउँसो १२ बजेदेखि बेलुकी पाँच बजेसम्मका लागि मतदान समय तोकिएको थियो । तर, मतपत्र डिजाइनमा केही समस्या आएपछि केही परिर्वतन गर्नुपर्ने भएकाले ढिलाई भएको हो ।निर्वाचन समितिका अनुसार दिउँसो ठिक १ :३० देखि मतदान शुरु भएको छ।   कर्णालीमा तीनवटा समूह सभापतिका लागि भिड्दै छन् । पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट ललितजङ्ग शाही,

कर्णालीमा काँग्रेस अधिवेशन : उम्मेदवारहरूको लापरबाहीले एक घण्टा पछि सर्यो मतदान

कर्णाली प्रदेशमा निर्वाचन कार्यतालिका अनुसार मतदान प्रक्रिया शुरु हुन सकेको छैन ।  आज दिउँसो १२ बजेदेखि शुरु हुने भनिएको मतदान कार्यक्रम  उम्मेदवारहरूको लापरबाहीका कारण एक घण्टा ढिलो हुन पुगेको हो। निर्वाचन कार्यतालिकाअनुसार दिउँसो १२ बजेदेखि बेलुकी ५ बजेसम्मका लागि मतदान गर्ने समय तोकिएको थियो । तर, उम्मेदवारहरूलाई मतपत्र डिजाइनका लागि बोलाइएको समयभन्दा ढिलो उपस्थित भएकाेले मतदान प्रक्रिया ढिलो भएको बताइएको छ ।निर्वाचन समितिका सदस्य विवशकुमार बस्नेतका अनुसार उम्मेदवारहरूलाई मतपत्

काँग्रेस अधिवेशन : रुपन्देही क्षेत्र नम्बर ३ मा मतदान स्थगित

काँग्रेसको प्रतिनिधिसभा निर्वाचन क्षेत्र अधिवेशनका क्रममा रुपन्देही क्षेत्र नम्बर ३ मा विवादपछि मतदान स्थगित भएको छ । मतदानको विषयलाई लिएर दुई पक्षबीच विवाद हुँदा मतदान प्रक्रिया नै स्थगित गरिएको हो ।निकै ढिलो गरी मतदान प्रक्रिया सुरु भएपछि क्षेत्रीय कमिटीका सभापति पदका उम्मेदवार मातृकाप्रसाद यादवसहितको समूहले मतदान ढिलो भएको भन्दै बहिष्कार गरेको थियो ।अबेर मतदान गर्दा सुरक्षा हुन नसक्ने जनाउँदै यादवले आफूहरुले मतदान बहिष्कार गरेको जनाए । यादव समूह बाहिरिएपछि निर्वाचन मण्डलले एक पक्षीय रुपमा मतद