गुल्मीमा १ सय ४ वर्षीया वृद्धाद्वारा मतदान

गुल्मी - गुल्मीमा १ सय ४ वर्षीया वृद्धाले मतदान गर्नुभएकाे छ ।  गुल्मीको सत्यवती  गाउँपालिका-३  ठूलो लुम्पेकमा रहेकाे  धर्मपुर मावि  'ख' मतदान  केन्द्रबाट १ सय ४ वर्षीया रनि राहडीले मतदान गर्नुभएको हाे ।   उहाँले  पहिलो  मतदान  गर्नु  भएको  मतदान अधिकृत रामजी  प्रकाश  ढकालले जानकारी  दिनुभयो ।