सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवाद विषमा दुवै पक्षलाई छलफलमा बोलाएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासले उक्त आदेश दिएको हो। अदालतको यो आदेशसँगै लामिछानेलाई बिहीबार प्रतिनिधि सभा सदस्यको शपथ लिने बाटो खुलेको छ। लामिछाने अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता नलिई प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिई निर्वाचित भएको भन्दै अदालतमा रिट परेको थियो।