७ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट समानुपातिक सांसद बनेकी हसिना खानले प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएकी छन् ।
शुक्रबार सिंहदरबारमा खानलाई सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा सदस्यको शपथ गराएका हुन् …
काठमाडौं: नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सम्बन्ध तिक्ततापूर्ण थियो। यसबीच पुस ७ गतेको प्रचण्ड-ओलीले कानेखुसी गरेको फोटो 'भाइरल' भयो। प्रतिनिधि सभा सदस्यको शपथ लिएका ओली - प्रचण्डले पुरानो हार्दिकतापूर्ण सम्बन्धलाई ‘रिन्यू’ गरिसकेका थिए त्यति बेला। धेरैको आकलन अनुसारै त्यसपछिका…
काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोग आउँदाे संसदमा छलफल हुनेमा विश्वस्त रहेको बताउनुभएको छ ।
आज बिहीवार सङ्घीय संसद् सचिवालयमा प्रतिनिधि सभा सदस्यको शपथ ग्रहण गरेपछि सञ्चारकर्मीसँगको कुराकानीमा सांसद थापाले यस्तो बताउनुभएको हो । उहाँले यसअघिको संसदमा आफ्नो पोजिशन त्याे विषयमा छलफल गर्ने भएकाले अन्य समर्थन गर्ने दलहरूले पनि छलफलमा सहभागी बन्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘पूर्वप्रधानन्यायाधीश जबराको महाअभियोगको वि...
काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री एवम् नवनिर्वाचित सांसद विश्वप्रकाश शर्माले आजदेखि आफ्नो राजनीतिक जन्म भएको बताउनुभएको छ ।
आज बिहीवार प्रतिनिधि सभा सदस्यको शपथ ग्रहणपछि सङ्घीय संसद् भवनबाहिर सञ्चारकर्मीसँगको कुराकानीमा महामन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले पहिलो पटक सांसदको शपथ लिँदा आफूले नागरिककाे विषयलाई गम्भीरताका साथ लिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मैले पहिलो पटक सांसदको रूपमा शपथ लिएकाे छु । शपथ लिँदै गर्दा, अक्षरहरू पढ्दै गर्दा लेखिएका अक्षरमा म केन्द्रित थिएँ । ज...
काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिका लागि आफू आकाङ्क्षी नरहेको बताउनुभएको छ ।
आज बिहीवार प्रतिनिधि सभा सदस्यको शपथ ग्रहणपछि सङ्घीय संसद् भवनबाहिर सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो । उहाँले २०६४ साल र २०७२ सालमा आफूलाई राष्ट्रपतिका लागि प्रस्ताव गर्दा आफूले नै अस्वीकार गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘राष्ट्रपति बन्ने आकाङ्क्षा भएको भए २०६४ सालमा नै मलाई राष्ट्रपतिको निम्ति प्रस्ताव भएको थियो । २०७२ मा पार्टीबाट नै प्रस्ताव भए...
काठमाण्डाै – जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले मधेस प्रदेशको नेतृत्वमा आफ्नो दलको दाबी रहने बताउनुभएकाे छ । आज बिहीवार प्रतिनिधि सभा सदस्यको शपथ ग्रहणपछि सङ्घीय संसद् भवनबाहिर सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले यस्तो दाबी गर्नुभएको हो ।
अध्यक्ष राउतले मधेसमा आफ्नो पार्टी तेस्रो रहेकाले स्वाभाविकरूपमा मुख्यमन्त्रीको दाबी रहने बताउनुभयो । उहाँले मधेसमा नागरिककाे अपेक्षा पनि जनमत पार्टीलाई नेतृत्व दिनुपर्ने भन्ने रहेको जिकिर गर्नुभयाे ।
उहाँले भन्नुभयो, ‘हामीसँग राम्रो सङ्ख्या छ । हामी...
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शम्शेर जबराले आज प्रतिनिधि सभा सदस्यहरुलाई शपथ गराएका छन्। प्रतिनिधि सभाको सभाकक्षमा आज उनले गत मंसिर ४गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका सदस्यहरुलाई शपथ गराएका हुन् । प्रतिनिधि सभाको ज्येष्ठ सदस्यको हैसियतमा उनले सदस्यहरुलाई शपथ गराएका हुन्। गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी २७५ जना सदस्य निर्वाचित भएका थिए।
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शम्शेर जबराले आज प्रतिनिधि सभा सदस्यहरुलाई शपथ गराएका छन्। प्रतिनिधि सभाको सभाकक्षमा आज उनले गत मंसिर ४गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका सदस्यहरुलाई शपथ गराएका हुन् । प्रतिनिधि सभाको ज्येष्ठ सदस्यको हैसियतमा उनले सदस्यहरुलाई शपथ गराएका हुन्। गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी २७५ जना सदस्य निर्वाचित भएका थिए।
सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवाद विषमा दुवै पक्षलाई छलफलमा बोलाएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासले उक्त आदेश दिएको हो। अदालतको यो आदेशसँगै लामिछानेलाई बिहीबार प्रतिनिधि सभा सदस्यको शपथ लिने बाटो खुलेको छ। लामिछाने अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता नलिई प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिई निर्वाचित भएको भन्दै अदालतमा रिट परेको थियो।
काठमाण्डाै - प्रतिनिधि सभातर्फ ज्येष्ठ सदस्यको भोलि र अरुको पर्सि शपथ ग्रहण हुने भएको छ । भोलि दिउँसो १ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधि सभाका ज्येष्ठ सदस्य ८० वर्षीय पशुपति शम्शेर जबराले शपथ ग्रहण गर्ने तयारी छ ।
सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाका नवनिर्वाचित सांसदको शपथ ग्रहणका लागि नागरिकतामा उल्लेख भएको जन्ममितिका आधारमा जबराको नाम राष्ट्रपति कार्यालयमा सोमवार पठाएको थियो ।
संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार, राष्ट्रपति कार्यालयले ज्येष्ठ सदस्यको शपथ गराएपछि अन्य सदस्यको शपथ गर...