निर्वाचनका लागि रामेछापमा एक हजार ११२ कर्मचारी खटिए
यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सम्पन्न गर्न मुख्य निर्वाचन कार्यालय रामेछापले जिल्लाका एक हजार ११२ कर्मचारीलाई खटाएको छ। जिल्लाका दुई नगरपालिका र ६ गाउँपालिकाका ९२ मतदानस्थल र...
धनगढी – आइतबार हुने निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा २५ हजार कर्मचारी खटिएका छन्। प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयले प्रदेशभरका निर्वाचन केन्द्रमा मतदान अधिकृत तथा सहायक कर्मचारी गरी २५ हजार जना खटाएको छ। प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि सुदूरपश्चिमका निर्वाचन क्षेत्रमा बिहीवारदेखि मतदान अधिकृत खटिइसकेका निर्वाचन कार्यालयले जानकारी दिएको छ। सुदूरपश्चिमका सबै मतदान केन्द्रमा मतदान […]
सोलुखुम्बु । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सोलुखुम्बुमा १ हजार ७७ कर्मचारी र शिक्षक खटाइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय सोलुखुम्बुले निर्वाचनमा खटाइएका कर्मचारीको नामावली प्रकाशन गरेको सहायक निर्वाचन अधिकृत नगेन्द्रकुमार कालाखेतिले जानकारी दिनुभयो । निर्वाचनमा खटिनेमा ४ सय ५० भन्दा बढी शिक्षक र अन्य निजामती कर्मचारी रहेका छन् […]
बाजुरा । बाजुराको बुढिगंगा नगरपालिकामा असार २३ गते स्थानीय तहको निर्वाचनका लागि ९५ जना कर्मचारी खटिएका छन् । १० वटा मतदान स्थल र १९ वटा मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत लगायत ९५ जना कर्मचारी खटाईएको जिल्ला निर्वाचन कार्यलय बाजुराले जनाएको छ । बुढिगंगामा नगरपालिका १२ हजार ६ सय ५९ मतदाता रहेका छन् […]
शुक्रबार हुने स्थानीय तहका निर्वाचनका लागि कालिकोटमा ५९५ कर्मचारी मतदानस्थलमा खटिएका छन् । जिल्लाको नौ वटै स्थानीय तहमा मतदान अधिकृत तथा निर्वाचन सामग्रीसहित कर्मचारी खटिएका हुन् । स्थानीय तहको निर्वाचनमा जिल्लामा ५९५ कर्मचारी खटिएकामध्ये ११९ मतदान अधिकृत, ११९ सहायक मतदान अधिकृत र अन्य कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत लालकाजी श्रेष्ठले बताए । जिल्लामा ४१ हजार ९४४ पुरुष र ३८ हजार ४७२ महिला गरि कूल ८० हजार ४१६ मतदाता रहेका छन् । त्यसका लागि ९१ हजार मतपत्रसहित आवश्यक निर्वाचन सामग्र
गुल्मी-निर्वाचनका लागि स्वास्थ्यकर्मीदेखि शिक्षक, प्रहरी र निजामती कर्मचारीलाई समेत खटाइएको छ । गुल्मीमा खटाइएका कुल एक हजार ३ सय ८७ कर्मचारीमध्ये स्वास्थ्यकर्मीदेखि शिक्षक, प्रहरी र निजामती कर्मचारी परेका छन् ।स्वास्थ्यकर्मीदेखि निजामती कर्मचारीसमेत निर्वाचनमा कर्मचारीको रूपमा खटाइए पनि आफूसँग एकमुष्ट मात्र तथ्यांक भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयले अटाएको विवरणमा कर्मचारीको रूपमा स्वास्थ्यकर्मीदेखि प्रहरीसम्म […]
प्रदेश १ का १ हजार ८ सय ७७ मतदान स्थलको सुरक्षाका लागि जनशक्ति परिचालनको काम अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ । प्रदेश निर्वाचन आयोग विराटनगरका प्रमुख लेवन काश्यप अधिकारीका अनुसार प्रदेश १ मा ३३ लाख ४७ हजार ३ सय ८४ जना मतदाता रहेका छन् । जसका लागि ४ हजार ५१ वटा मतदान केन्द्र स्थापना हुनेछन् । विराटनगरमा शुक्रबार सम्वाद समूहद्वारा आयोजित कार्यक्रममा अधिकारीसहित मोरङका मुख्य निर्वाचन अधिकृत भरत लम्साल, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललगायतले निर्वाचन तयारीबारे जानकारी दि