किसानलाई दूधको भुक्तानी बाँकी

काठमाडौं । दुग्ध उत्पादक किसानले समयमा दूध बिक्री गरेको रकम पाउन सकेका छैनन् । दूध उत्पादनको लागत मूल्य बढ्दै गएको र समयमा दूध बिक्री गरेको रकम पाउन नसक्दा व्यवसाय सञ्चालन गर्न कठिन भएको किसानको गुनासो छ । काभ्रेका किसान रामप्रसाद सापकोटाले दुुई महिनादेखिको रकम नपाउँदा पशुलाई दाना खरिद गर्न कठिन भएको बताउनुभयो । ‘घरखर्चदेखि बच्चाबच्ची […]

सम्बन्धित सामग्री

एक महिनाभित्र दूधको भुक्तानी गर्न एमाले प्रमुख सचेतकको माग

२९ जेठ, काठमाडौं। नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले एक महिनाभित्र दूधको मुल्यको बाँकी भुक्तानी गर्न माग गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘मेरो आग्रह छ– हाम्रो तर्फबाट कसरी सहजीकरण गर्नुपर्छ तयार …

दूधको भुक्तानी तुरून्तै दिन प्रधानमन्त्रीको निर्देशन - NepaliPatra

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुग्ध विकास संस्थानले दूध खरिद गरेबापत किसानलाई दिनुपर्ने भुक्तानी तुरुन्त दिन निर्देशन दिएका छन् । उनले हिजो बेलुका अर्थमन्त्री डा प्रकाशशरण महत, कृषि तथा पशुपक्षी विकास मन्त्री डा बेदुराम भुसाल र मुख्यसचिव डा बैकुण्ठ अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएर किसानको दूधको बाँकी भुक्तानी तत्कालै दिन निर्देशन दिएका हुन। […]

दूधको ७ अर्ब भुक्तानी बाँकी, किसान बिचल्लीमा

चार महिनायताको करिब ७ अर्ब रकम पाउन नसक्दा देशभरका दूध उत्पादक किसान बिचल्लीमा परेका छन् । डेरी उद्योग संघ र डेरी एसोसिएसनको करिब ६ अर्ब तथा डीडीसीको ९० करोड गरी झन्डै ७ अर्ब रुपैयाँ किसानले दूधको भुक्तानी पाउन सकेका छैनन् ।

दूधको ७ अर्ब भुक्तानी बाँकी, किसान बिचल्लीमा

चार महिनायताको करिब ७ अर्ब रकम पाउन नसक्दा देशभरका दूध उत्पादक किसान बिचल्लीमा परेका छन् । डेरी उद्योग संघ र डेरी एसोसिएसनको करिब ६ अर्ब तथा डीडीसीको ९० करोड गरी झन्डै ७ अर्ब रुपैयाँ किसानले दूधको भुक्तानी पाउन सकेका छैनन् ।

किसानले पाएनन् दूधको भुक्तानी

इलामको फिक्कलमा गाईपालनसँगै डेरी व्यवसाय गर्दै आएका तीर्थ आचार्य दूध र दुग्धपदार्थ बिक्री नहुँदा समस्यामा छन् । उनले भने, ‘गाईवस्तुलाई दाना खुवाउन र किसानबाट संकलित दूधको भुक्तानी दिन पनि नसक्ने अवस्था आयो ।’ दुग्ध वितरण आयोजनाबाट वैशाखदेखिको करिब १५ लाख भुक्तानी बाँकी रहेको र ताकेता गर्दासमेत सुनुवाइ हुन नसकेको उनले सुनाए ।

किसानको ३५ करोड तिर्न बाँकी, डीडीसीले माग्यो ३० करोड ऋण

दुग्ध  विकास  संस्थान (डीडीसी)ले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत अर्थ मन्त्रालयसँग ३० करोड सहुलियतपूर्ण ऋण माग गरेको छ । डीडीसीले किसानलाई माघदेखि दूधको भुक्तानी दिएको छैन, सोही भुक्तानीका लागि सरकारसँग सहुलियत ऋण मागेको कृषि मन्त्रालयका (पशुपन्छीतर्फ) निमित्त सचिव डा. विमल निर्मलले बताए ।डीडीसीका  कार्यवाहक  अध्यक्षसमेत  रहेका सचिव निर्मलले कोभिड–१९ का कारण भएको बन्दाबन्दीको समयमा दूध तथा दुग्धजन्य पदार्थ बिक्री नहुँदा पुँजी होल्ड भएको र अहिले किसानलाई समे

किसानलाई दूधको भुक्तानी बाँकी

दुग्ध उत्पादक किसानले समयमा दूध बिक्री गरेको रकम पाउन सकेका छैनन् । दूध उत्पादनको लागत मूल्य बढ्दै गएको र समयमा दूध बिक्री गरेको रकम पाउन नसक्दा व्यवसाय सञ्चालन गर्न कठिन भएको किसानको गुनासो छ । काभ्रेका किसान रामप्रसाद सापकोटाले दुई महिनादेखिको रकम नपाउँदा पशुलाई दाना खरिद गर्न कठिन भएको बताउनुभयो । “घरखर्चदेखि बच्चाबच्ची पढाउने दूध बचेको पैसाले हो, समयमा रकम नपाउँदा व्यवहार चलाउन धेरै नै समस्या भएको छ,” उहाँले भन्नुभयो । दूध बिक्री गरेको एक लाख ५० हजार रुपियाँ पाउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।