१९ मंसिर, काठमाडौं । ललितपुर महानगरपालिकाले मंगलबजारबाट लगनखेलसम्म फुटपाथ व्यापार निषेध गर्ने भएको छ । २४ मंसिरदेखि फुटपाटमा राखेर सामान बिक्री गर्न नदिने ललितपुरका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताए । फुटपाथ व्यवसायीहरुको अत्यधिक भीड भएका कारण हिंडडुलमै समस्या हुन थालेपछि सधैंका लागि फुटपाथ निषेध गर्न लागेको हाछेथुले बताए । ‘काठमाडौं महानगरपालिकाले फुटपाथ बन्द गरेपछि […]