वसन्तपुरमा फुटपाथ व्यापार र सवारी पार्किङ गर्न नपाइने

काठमाडौं : ऐतिहासिक हनुमानढोका दरबार क्षेत्रमा फुटपाथ पसल र सवारी पार्किङमा रोक लगाइएको छ।जथाभावी सवारी पार्किङ र फोहोरमैलाका कारण दरबार क्षेत्र अस्तव्यस्त भएकाे भन्दै हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमले यस्ताे निर्णय गरेको हो। दरबार क्षेत्र संरक्षण कार्यक्रमको संयोजनमा सशस्त्र प्रहरी, नेपाल प्रहरी, ट्राफिक प्रहरी, नगर प्रहरी पर्यटन, नेपाली सेना, पुरातत्व विभाग, सम्पदा अभियन्ता र स्थानीयको सहकार्यमा सोमबारबाट हनुमानढोका दरबार क्षेत्र व्यवस्थापन र संरक्

सम्बन्धित सामग्री

सटरबाहिर सामान राखे नियन्त्रणमा लिन मेयर कोइरालाको निर्देशन

विराटनगर । पसलको सटरभन्दा बाहिर सामान राखे नियन्त्रणमा लिन विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले महानगर प्रहरीलाई निर्देशन दिएका छन् । विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने अभियानमा लागेको महानगरपालिकाले सरसफाइ, फुटपाथ व्यापार नियन्त्रण र पार्किङ व्यवस्थापनको काम तीव्र बनाएको छ । महानगरका मेयर कोइराला नेतृत्वको टोलीले सोमवार पार्किङ र फुटपाथको अवस्थाका बारेमा स्थलगत अनुगमन गरेको छ । अनुगमनका क्रममा पसलको सटरभन्दा बाहिर पनि सामान राखेको पाइएको थियो । सटरभन्दा बाहिर सामान राखेको पाइए नियन्त्रणमा लिन महानगर प्रहरीलाई मेयर कोइरालाले निर्देशन दिएका छन् । ‘महानगरले पटक पटक सार्वजनिक सूचना प्रकाशन र माइकिङ गरेर सटरभन्दा बाहिर सामान नराख्न आग्रह गरिसकेको छ,’ उनले भने, ‘सटर बाहिर सामान राखे अब महानगर प्रहरीले नियन्त्रणमा लिन्छ । त्यसमा गुनासो गर्न पाइँदैन ।’ विराटनगरलाई व्यवस्थित बनाउने दायित्व महानगरवासी सबैको भएकाले सहयोग गर्न उनले आग्रह समेत गरे । अनुगमनमा मेयर कोइरालाका साथै उपमेयर शिल्पा निराला कार्की, ११ नं वडाका अध्यक्षसमेत रहेका यातायात व्यवस्थापन समितिका संयोजक तीर्थेन्द्र न्यौपाने, राजस्व महाशाखा प्रमुख सरोज गौतम, महानगर प्रहरीका प्रमुख राजन पौडेल, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख राजकुमार कार्कीलगायतको सहभागिता थियो । महानगरले पहिलो चरणमा जलजलाचोकदेखि कोशी अस्पताल चोकसम्मलाई पार्किङ निषेधित क्षेत्र घोषणा गरिसकेको छ । सो क्षेत्रको पार्किङ व्यवस्थापन जलजला हल अगाडि गरिएको छ । टोलीले महावीर रोड उत्तर र पुरानो गुद्रीमा निर्माण भइरहेको पार्किङस्थलको पनि निरीक्षण गरेको छ । त्यसैगरी महानगरले हिमालय रोडमा रहेको शपिङ कम्प्लेक्सको अण्डरग्राउण्ड पार्किङ पनि सञ्चालनमा ल्याउने भएको छ ।

१६२ नगरप्रहरी थप्दै काठमाडौं महानगर

काठमाडौं। काठमाडौं महानगरपालिकाले १६२ जना नगरप्रहरी थप्ने भएको छ । सडक पार्किङ, अन्डरग्राउन्ड पार्किङ, फुटपाथ व्यापार, होर्डिङ बोर्ड, डिजिटल बोर्ड र सहरी सरसफाइका लागि करारमा नगरप्रहरी थप्न लागिएको हो ।   नयाँ भर्नाका लागि नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरीमा कम्तिमा पाँच वर्ष सेवा गरी ४५ वर्ष ननाघेकालाई विशेष प्राथमिकता दिइने...

नयाँ बानेश्वर क्षेत्रका अनधिकृत संरचनामा महानगरकाे डाेजर चल्याे

काठमाण्डौ - काठमाण्डौ महानगरपालिकाले नयाँ बानेश्वर क्षेत्रका अनधिकृत संरचना हटाउन डोजर चलाएको छ । सडक मिचेर बनेका संरचना र पसल हटाउन महानगरपालिकाले डोजर चलाएको हो । यसअघि भूमिगत पार्किङ र फुटपाथ व्यापार हटाउने अभियान पनि महानगरपालिकाले बानेश्वरबाटै सुरु गरेको थियो । भदौ ६ गतेदेखि सुरु गरेको अभियानअन्तर्गत महानगरपालिकाले बेसमेन्ट तथा अन्डर ग्राउन्डकाे व्यावसायिक प्रयोजन हटाएर पार्किङका लागि खाली गराएको छ भने विभिन्न ठाउँका  मापदण्डविपरीत निर्माण गरिएका अनधिकृत संरचना हटाएको छ ।

नयाँबानेश्वरमा चल्यो महानगरपालिकाको डोजर (लाइभ)

३१ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँबानेश्वर क्षेत्रका अनधिकृत संरचना हटाउन डोजर चलाएको छ । सडक सीमा मिचेर बनेका संरचना र पसल हटाउन महानगरपालिकाले डोजर चलाएको हो । महानगरपालिकाले यो महिनाभर नै अनधिकृत संरचना हटाउने अभियान चलाउँदै आएको छ । यसअघि भूमिगत पार्किङ र फुटपाथ व्यापार हटाउने अभियान बानेश्वरबाटै सुरू भएको थियो । d

काठमाण्डाै महानगरले असन क्षेत्रमा फुटपाथ व्यापार र अनधिकृत संरचना हटाउन थाल्याे

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले असन क्षेत्रमा फुटपाथको व्यापार र अनधिकृत संरचना हटाउन थालेको छ । यसअघि इन्द्रचोक क्षेत्रको अव्यवस्थित पार्किङ तथा मन्दिर आसपासको व्यापार हटाइसकेको र आज मङ्गलवारदेखि फुटपाथमा राखिएका पसल र पसल राख्न बनाइएका अनधिकृत संरचना हटाउन थालेको काठमाण्डौ महानगरपालिकाले जनाएको छ । साँघुरो गल्ली, मान्छेको भिडका कारण असनमा डोजर लैजान नसकेपछि महानगरका कर्मचारीले हाते औजारहरू प्रयोग गरेर संरचना भत्काएका छन् । आज केही पसल र संरचना हटाएको महानगरले भोलि बुधवारसम्म सबै पसल र संरच...

नयाँबानेश्वर क्षेत्रबाट हट्न थाल्यो फुटपाथ व्यापार, पार्किङको समस्या भने यथावत्

काठमाडौं महानगरपालिकाले फुटपाथ क्षेत्रमा व्यापार व्यवसाय, पार्किङ तथा अन्य प्रयोजनको लागि प्रयोग नगर्न सूचना निकालेसँगै फुटपाथ व्यापार हट्न थालेको हो।