सिन्धुली - 'व्यापार गर्न ठूलो लगानी चाहिन्छ होइन, थोरै लगानीमा पनि शुरु गर्न सकिन्छ । पैसा कमाउन ठूलै व्यापार गर्नु पर्दैन । सानै व्यापारमा मनग्य आम्दानी गर्न सकिन्छ ।'सिन्धुलीको मुख्य सडक दायाँबायाँ, स्थानीय हाटबजार र सदरमुकाम सिन्धुलीमाढी बजार क्षेत्रमा फुटपाथ व्यापार गर्ने ढाटीमाया दर्जीले यस भनाइलाई चरितार्थ गरिदिनुभएको छ । कमलामाई नगरपालिका–४ पोख्रेल गाउँकी उहाँले ३० रुपैयाँ लगानी गरेर व्यापार शुरु गर्नुभएको हो । त्याे पैसाले ३० वर्षअघि प्रतिमुठा पाँच रुपैयाँमा छ मुठा फापरको साग किनेर बे...