एजेन्सी – फ्रान्सेली युवा स्टार केलियन एमबाप्पेले फिफा विश्वकप कतार २०२२ अन्तर्गत युरोपेली छनोटको बाँकी दुई खेल गुमाउने भएका छन् । विश्वकप छनोट अन्तरगत बोस्निया एन्ड हर्जगोभिनासँग १–१ गोलको बराबरीमा रोकिदा एमबाप्पेले दायाँ खुट्टामा चोट बोक्न पुगेका थिए । खुट्टाको पिडुलामा चोट बोकेपछि २२ वर्षीय एमबाप्पे विश्वकप छनोट खेल्ने फ्रान्सको राष्ट्रिय टिमबाट बाहिरिएका हुन् । […]