मुख्यसचिव डा वैकुण्ठ अर्यालले पूर्वाधारलाई मुलुकको समृद्धिसँग जोड्नुपर्ने बताउनुभएको छ । गाउँबेँसी नेटवर्कले प्रकाशन गरेको ‘पूर्वाधार समृद्धि’ नामक पुस्तकको विमोचन गर्दै उहाँले पूर्वाधारलाई मुलुकको समृद्धिसँग जोड्नुपर्ने बताउनुभयो । उहाँले पुस्तकमा उल्लेख गरिएको लेखले मुलुकको विकासमा योगदान पुर्याउनाका साथै नीति निर्माणमा पनि सहयोग पुग्ने बताउनुभयो । मुख्यसचिव डा अर्यालले भोलिका दिनमा अनुसन्धानात्मक लेखहरूलाई विशेष प्राथमिकताका साथ …