अमेरिकामा फेरि फैलियो कोरोना : बालबालिका बढी संक्रमित
अमेरिकामा कोरोना भाइरस फेरि एकपटक तीव्र रूपमा फैलिरहेको छ । यसपटक कोरोनाको असर स–साना बालबालिकामाथि परेको छ ।अमेरिकाका ३४ राज्यका अधिकांश बालबालिका कोरोना संक्रमित भएको विभिन्न अन्तर्राष्ट्रिय एजेन्सीहरूले जनाएका छन् । यी राज्यहरूमा...
४ फागुन, काठमाडौं । अमेरिकामा गत चार हप्ताको अवधिमा कोभिड-१९ बाट झण्डै ३० लाख बालबालिका संक्रमित भएका छन् । ओमिक्रोन भेरियन्ट व्यापक बनेका बेला कोरोना भाइरसबाट संक्रमित हुने अमेरिकी बालबालिकाको संख्या नाटकीय रुपमा बढेको हो । अमेरिकाको एकेडेमी अफ पेडियाट्रिक्स एण्ड चिल्ड्रेन्स हस्पिटल एसोसिएसनको पछिल्लो रिपोर्ट अनुसार गत चार हप्तामा २९ लाखभन्दा बढी बालबालिका कोभिड-१९ […]
३ माघ, काठमाडौं । अमेरिकामा अस्पताल भर्ना हुने कोभिड संक्रमित बालबालिकाको संख्या महामारी सुरु भएयताकै उच्च बिन्दुमा पुगेको छ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)को पछिल्लो तथ्याङ्क अनुसार अस्पताल भर्ना हुने कोरोना भाइरस संक्रमित बालबालिकाको संख्या हालसम्मकै उच्च पुगेको हो । हरेक दिन अस्पताल भर्ना हुने १७ वर्ष मुनिका कोभिड संक्रमित बालबालिकाको औसत […]
काठमाडौं । अमेरिकामा ओमिक्रोन भाइरसको संक्रमण बालबालिकामा पनि तीब्र बनेपछि चिकित्सकहरुले सचेत रहन भनेका छन् । क्यालिफोर्नियाका महामारी बिशेषज्ञ डा. एरिका पैनले क्यालिफोर्निया र न्युयोर्कका अस्पतालहरु ओमिक्रोन संक्रमित बालबालिकाले भरिन थालेको भन्दै यस्तो चेतावनी दिइका हनु । डा.पैनका अनुसार अस्पताल भर्ना भएका बालबालिका कोरोना खोप नलगाएकाहरु रहेकाले खोप नलगाएका अन्य बालबालिका पनि ओमिक्रोनको शिकार हुनसक्ने […]
१ साउन, पर्वत । पर्वतको एउटा गाउँमा १२ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । कुश्मा नगरपालिका–८ चुवामा १२ बालबालिका कोरोना संक्रमित भएका हुन् । जिल्लाभर बालबालिका संक्रमित कम मात्रामा भइरहेको अवस्थामा पछिल्लो एक हप्तामा चुवामा एकैपटक १२ बालबालिका संक्रमित भएका हुन् । वडाध्यक्ष राजकुमार क्षेत्रीका अनुसार १३ महिनादेखि ११ वर्ष उमेर समूहका बालबालिका संक्रमित […]
एजेन्सी। एक अध्ययनले संक्रमित बालबालिकामा कोरोनाको जोखिम ज्यादै न्यून रहने देखाएको छ। बेलायतको ब्रिस्टल विश्वविद्यालयले गरेको अध्ययनमा संक्रमित बालबालिका निको हुने दर ९९.९९ प्रतिशत रहेको दाबी गरिएको छ। सन्२०२० मार्चदेखि २०२१ फेब्रुअरीसम्म गरिएको अध्ययनमा बेलायतमा चारलाख ६९ हजार बालबालिका संक्रमित भएका पाइएको थियो। संक्रमितमध्ये २५जनाको मृत्यु भएको थियो। प्रत्येक पचास हजार कोरोना संक्रमित बालबालिकामध्ये एकजनालाई मात्र अस्पताल भर्ना गर्नुपरेको थियो।
भगवती तिमल्सिना, काठमाडौँ । नेपालमा कोरोना संक्रमणका कारण धेरै बालबालिका अभिभावकविहीन भएका छन् । ती बालबालिका कोरोना संक्रमण भई पोस्ट कोभिडको समस्यामा गुज्रिएको राष्ट्रिय बालअधिकार परिषद्ले जनाएको छ । कोरोनाबाट नौ हजारभन्दा बढी बालबालिका संक्रमित हुनुका साथै ६५ भन्दा बढीको मृत्यु भएको र दुई सयको हाराहारीमा अभिभावक गुमाएका अवस्थामा रहेको तथ्यांक प्राप्त भएको परिषद्का कार्यकारी […]
कोरोना संक्रमणका कारण हालसम्म करिब ९ हजार बालबालिका संक्रमित भएको पाइएको छ । हाल बालबालिकामा हुने संक्रमणदर र तेस्रो लहरमा बालबालिका प्रभावित हुने सरकारी अनुमान अनुसार तत्काल सचेत हुनुपर्ने अवस्था देखिएको विज्ञको भनाइ छ । राष्ट्रिय बाल अधिकार परिषद्ले हालसम्म कोरोना संक्रमणका कारण ६५ जनाको मृत्यु भएको जनाएको छ । परिषदले २ सयभन्दा बढी बालबालिका […]
नेपालमा कोरोनाभाइरस (कोभिड—१९) संक्रमणको दोस्रो लहरका कारण निषेधाज्ञा जारी छ भने तेस्रो लहर पनि आउन सक्ने भविष्यवाणीसमेत गर्न थालिएको छ । सरकारले पनि कोरोना संक्रमणको तेस्रो लहर आएमा बालबालिका बढी संक्रमित हुने पूर्वानुमान गरेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणको तेस्रो लहर आउन सक्ने र बालबालिका बढी संक्रमित हुने पूर्वानुमानसहित स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ ।गत जेठ २१ गते स्वास्थ्य मन्त्रालयले तेस्रो लहर सुरु हुनसक्ने र बालबालिका बढी संक्रमित ह
काठमाडौं : नेपालमा कोरोनाको नयाँ भेरियन्टसहित दोस्रो लहर सुरु भएसँगै यसको उच्च जोखिममा बालबालिका परेका छन्। एक महिनामै झण्डै ६ हजार बालबालिका संक्रमित हुन पुगेका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड तथ्यांक केलाउँदा वैशाख १२ गतेदेखि जेठ १२ गतेसम्म एक महिनाको अवधिमा मात्रै ९ वर्षमुनिका पाँच हजार पाँच सय ५१ जना बालबालिकालाई कोरोना संक्रमण पुष्टि भएको छ। वैशाख १२ गते ६२ जना बालबालिकामा कोरोना संक्रमण देखिएको थियो। वैशाख १७ गतेदेखि यो संख्या ह्वात्तै बढेको पाइन्