फेरि बढ्यो पेट्रोलियमको भाउ : डिजेल र पेट्रोलको मूल्य बढ्यो, ग्यास र हवाई इन्धनको यथावत

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । सोमवार रातिदेखि  लागू हुने गरी डिजेल, मट्टितेल र  पेट्रोलमा प्रति लिटर ३/३ रुपैयाँ मूल्य बढाएको छ । हवाई इन्धन आन्तरिक, बाह्य र एलपी ग्यासको मूल्य भने अहिलेका लागि यथावत राखिएको छ । भारतीय आइल कर्पोरेशनबाट फेब्रुअरी १ मा मूल्य बढेर आएपछि निगमले नेपालमा पनि मूल्य बढाएको हो ।  निगमका अनुसार अझै पनि आईओसीलाई १६ अर्ब ३० करोड रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको छ । हेर्नुहोस विज्ञप्ति

सम्बन्धित सामग्री

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

जेठ २, काठमाडौं । नेपाल आयल निगमले आइतवार रातीदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २/२ रुपैयाँ मूल्य वृद्धि गरेको हो । मूल्य समायोजन पश्चात काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १२३ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ र आन्तरिक हवाइ इन्धनको आन्तरिक उडानाको मूल्य प्रतिलिटर ७८ कायम भएको छ । निगमले एलपी ग्यास र अन्तरराष्ट्रिय हवाइ उडानको इन्धनको मूल्य भने बढाएको छैन ।

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र मटीतेलमा २–२ रूपैयाँ प्रतिलिटर मूल्य बढाएको हो ।आइतबार राति १२ बजेबाट लागू हुने गरी मूल्य बढाइएको निगमले जनाएको छ । योसँगै पेट्रोलको मूल्य १२० रुपैयाँ प्रतिलिटर पुगेको छ भने डिजेल र मटीतेलको मूल्य १०३ रुपैयाँ कायम भएको छ ।खाना पकाउने ग्यास […]

खाना पकाउने ग्यास र पेट्रोलको मूल्य बढ्यो

काठमाडाैं : नेपाल आयल निगमले खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।आज बसेको निगम सञ्चालक समिति बैठकले भारतबाट बढेर आएको मूल्यअनुसार समायोजनको निर्णय गरेको हो। बढेको मूल्य राति १२ बजेदेखि लागू हुनेछ। प्रवक्ता विनितमणि उपाध्यायका अनुसार डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढेको हो। अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर ११२, डिजेल तथा मट्टितेलको ९५ रूपैयाँ पर्नेछ। त्यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिण्डर २५ रु