माघ ५, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार राती १२ बजेबाट लागु हुने गरि डिजेल र पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य बढाइएको छ ।
काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १३९ रुपैयँ र डिजेल १२२ रुपैयाँ पुगेको छ ।
आन्तरिक तर्फको हवाई इन्धनको मूल्य प्रति लिटर ५ रुपैयाँले बढाएर १०६ रुपैयाँ कायम गरिएको छ । अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनको मूल्य भने एकै पटक प्रतिकिलोलिटर १०० अमेरिकी डलरले बृद्धि गरिएको छ ।
अव अन्तर्राष्ट्रिय तर्फ एक किलोलिटर इन्धनको मूल्य ९९५ अमेरिकी डलर पर्ने छ । यस अघि एक किलोलिटर इन्धनको मूल्य ८९५ डलर मात्रै तोकिएको थियो ।
सबैभन्दा धेरै घाटा व्यहोरीरहेको एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखिएको छ ।
मूल्य समायोजन गरेपनि निगमलाई १५ दिनमा १ अर्ब ८८ करोड रुपैयाँ घाटा हुने छ । एलपी ग्यासमा मात्रै एक अर्ब १४ करोड रुपैयाँ घाटा छ ।
निगमले यस अघि १५ दिनमा दुई अर्ब २४ करोड रुपैयाँ घाटा हुने प्रक्षेपण बताएको थियो ।