ललितपुर : चाचा हुई ई ई ...., सररर .........यी यस्ता ध्वनि अचेल उपत्यकामा कम सुनिन थालेको छ। बढ्दो शहरीकरण, पिङ हाल्ने स्थानको कमी र पश्चिमा संस्कृतिको प्रभाव तथा अन्य मनोरन्जनात्मक तत्वका कारण अचेल पिङको संख्या घट्दै गएको छ।खुसियाली र उमङ्ग बोकेर आएको नेपालीहरुको महान चाड दशैँ र तिहारमा पिङ खेल्ने गरिन्छ। भनिन्छ , पिङ खेल्नाले परम्परा धान्नुका साथै एउटा छुट्टै अनुभूति हुन्छ।लिङ्गे पिङ , रोटे पिङ, डोडे र जाँते पिङ पहिलेदेखि नै खेलिँदै आए पनि अचेत लिङ्गे पिङ नै प्रचलनमा आएको देखिन्छ।हाम्रो घ