७ मंसिर, विराटनगर । विराटनगरबाट प्रहरीले १९६ किलो गाँजा बरामद गरेको छ । बिहीबार बिहान करिब ३ बजे सीमावर्ती क्षेत्रबाट १९६ किलो गाँजा बरामद गरेको हो । विराटनगर महानगरपालिका–१८ बाट गाँजा बरामद भएको प्रहरीले बताएको छ । कारोबारी भने नभेटिएको प्रहरीले बताएको छ । प्लाष्टिकको झोलामा पोको पारेर खेतमा परालभित्र लुकाएको अवस्थामा गाँजा बरामद भएको […]
सशस्त्र प्रहरी बल सर्लाहीले भारतीय टेम्पुबाट लागू औषध गाँजा र रक्सी बरामद गरेको छ। नेपालबाट भारततिर तस्करी गरी जान लागेको अवस्थामा सशस्त्र प्रहरीले गाँजा र रक्सी बरामद गरेको हो।...
मोरङको जहदा गाउँपालिका–२ भाथीगछबाट लागुऔषध गाँजा प्रहरीले बरामद गरेको छ।भाथीगछको एक बाँस झ्याङमा लुकाएर राखेको अवस्थामा १५ किलो गाँजा फेला परेको हो।...
मकवानपुर प्रहरीले हेटौंडाको बुद्धचोकबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । प्रहरीले शुक्रवार हेटौंडा उपमहानगरपालिका-१० बुद्धचोकबाट ३०५ किलो गाँजा बरामद गरेको हो ।थानाभर्याङबाट बुद्धचोक आउँदै गरेको ना८ख १७३८ नम्बरको टिपरबाट १२ बोरा अर्थात् तीन सय पाँच किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) टेकबहादुर कार्कीले जानकारी दिए । शङ्का लागेर जाँच गर्दा टिपरको पछाडि रातो त्रिपालले छोपेको अवस्थामा गाँजा बरामद भएको हो । टिपरका चालक ९गाँजा ओसारपसारमा
रौतहट : रौतहट प्रहरीले बेवारिसे अवस्थामा २ क्विन्टल गाँजा बरामद गरेको छ।सोमबार लालबकैया खोलाको किनारबाट प्रहरीले २ सय ४ केजी गाँजा बरामद गरेको हो। भारतर्फ ठूलो परिमाणमा गाँजा तस्करी हुँदै गरेको गोप्य सूचना पाएपछि सशस्त्र प्रहरी बल नेपाल बेस क्याम्प गौरको सशस्त्र टोलीले बेवारिसे अवस्थामा उक्त गाँजा बरामद गरेको हो।जिल्लाको गौर नगरपालिका-२ बकैया खोलाको छेउमा १७ वटा प्लाष्टिकको पोकामा प्याक गरिएको गाँजा छाडेर तस्करहरू प्रहरीलाई देखेपछि फरार भएका थिए। बरामद गाँजा जिल्ला प्रहरी कार्यालय
१३ भदौ, रौतहट । रौतहट प्रहरीले सदरमुकाम गौरबाट २०४ किलो अवैध लागुऔषध गाँजा बरामद गरेको छ । गएराति १ बजेको समयमा गौर-२ बकैया नदीको किनारबाट सो गाँजा बरामद भएको हो । अस्थायी प्रहरी पोष्ट महादेवपट्टी र सशस्त्र प्रहरीबल नेपाल वेस क्याम्प गौरबाट खटिएको संयुक्त गस्ती टोलीले सो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको […]
सशस्त्र प्रहरीको सक्रियता सप्तरीमा ठूलो परिमाणमा गाँजा बरामद गरिएको छ। जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका-१ कोसी ब्यारेजबाट आइतबार बिहान २४० केजी गाँजा बरामद गरेको छ।नेपालबाट अवैध रुपमा लुकाई भारत तर्फ तस्करी गरि लैजाने क्रममा सशस्त्र प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको हो । सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प भारदहका सशस्त्र प्रहरी निरीक्षक उमेश कुमार आलेको कमान्डमा खटिएको सशस्त्र प्रहरीको मोबाइल गस्ती टोलीले चेकजाँच गर्ने क्रममा विशेष सूचनाको आधारमा गाजा बरामद गर
सर्लाही प्रहरीले करिब अढाई क्वीन्टल गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाही र इलाका प्रहरी कार्यालय लालबन्दीको संयुक्त टोलीले लालबन्दी नगरपालिका १३ स्थित एक घरबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको हो।...
पर्साको ठोरीस्थित ओरियाखोला नजिकबाट सशस्त्र प्रहरीले ६५ किलो गाँजा बरामद गरेको छ । बरामद गरिएको गाँजा जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको छ ।राष्ट्रिय निकुञ्जको गोरेटो बाटो हुँदै ओरियाखोलातर्फ आउँदै गरेको पाँच–६ जनाको समूहले ल्याउँदै गरेको गाँजा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । तस्करीमा संलग्न समूहका सबै जना गाँजा छाडेर भागेका सशस्त्र प्रहरीले जनाएको छ ।
काठमाडौं । पर्सामा भारतीय नम्बर प्लेटको ग्याँस बुलेटबाट एक सय २० किलो गाँजा बरामद भएको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका–२५ आईसिपी गेट अगाडि रोकी राखेको (एन एल ०१ के ०७५४) नम्बरको एलपी ग्यास बोकेको टयाँकरबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो । चेकजाँच गर्नेक्रममा प्रहरीले चालक बस्ने क्याबिन भित्र लुकाई राखिएको अवस्थामा गाँजा बरामद गरेको […]