सशस्त्र प्रहरीको सक्रियता सप्तरीमा ठूलो परिमाणमा गाँजा बरामद गरिएको छ। जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका-१ कोसी ब्यारेजबाट आइतबार बिहान २४० केजी गाँजा बरामद गरेको छ।नेपालबाट अवैध रुपमा लुकाई भारत तर्फ तस्करी गरि लैजाने क्रममा सशस्त्र प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको हो । सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प भारदहका सशस्त्र प्रहरी निरीक्षक उमेश कुमार आलेको कमान्डमा खटिएको सशस्त्र प्रहरीको मोबाइल गस्ती टोलीले चेकजाँच गर्ने क्रममा विशेष सूचनाको आधारमा गाजा बरामद गर