कञ्चनपुर : पुनर्वास नगरपालिका–२ अमरैयामा जंगली हात्ती आज दिउँसो मृत अवस्थामा फेला परेको छ।कुण्डा सब डिभिजन वन कार्यालय पचकडियाका सहायक वन अधिकृत दिनेशकुमार यादवका अनुसार स्थानीय किसानको दोदा नदी नजिकैको खल्लास्थित उखुबारीमा जंगली वयस्क हात्ती मृत अवस्थामा फेला परेको हो।तीन दिनदेखि हात्ती यो क्षेत्रमा देखिँदै आएको थियो। स्थानीय बासिन्दा र वन कार्यालयका कर्मचारीले हात्तीलाई लालझाडी संरक्षण क्षेत्रतर्फ फर्काउने प्रयास गर्दा समेत फर्केको थिएन। ‘हात्ती विरामी रहेछ’, अधिकृत याद