“आजभोलि धेरै भेडा पाल्नै छोडे, पहिले–पहिले एउटै घरमा कम्तीमा पनि दुई सय हाराहारीमा भेडा पाल्ने गर्थे, भेडाको रौँबाट हामीहरुले राडीपाखी बुन्ने गर्थ्यौँ, अहिले भेडा पाल्नेको सङ्ख्या घटेपछि रौँ पनि पाउन छोड्यो, राडीपाखी बुन्ने मान्छे पनि कम हुँदै गए ।”बागलुङ तमानखोलाकी ७७ वर्षीया यमकला घर्तीमगरलाई उमेरले बुढ्यौली लागे पनि उहाँको सीप तन्नेरीकोभन्दा कम छैन । अहिले पनि उनी हरेक दिने राडीपाखी बुन्ने काम गर्दै आएकी छन् तर पहिलेको जस्तो ऊन पाउन छोडेपछि राडीपाखी बुन्ने पेसा सङ्कटमा पर्दै