हेटौंडा : नेकपा एमालेको विरोधपछि बागमती प्रदेशसभा बैठक स्थगित भएको छ । सरकारको नीति तथा कार्यक्रम माथि छलफलका लागि बसेको बिहीबार बिहान बसेको प्रदेशसभा बैठकमा एमालेले विरोध गरेपछि बैठक स्थगित भएको हो। एमालेको मुख्य सचेतक दीपक निरौलाले प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, कृषि तथा पशुपन्छी विकास मन्त्री वसुन्धरा हुमागाईँ र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव शरणकुमार पाण्डेले कृषि अनुदान कार्यविधि विपरीत दिएको र अनावश्यक रूपमा तीन कर्मचारीको सरुवा गरेको भन्द