बागमती प्रदेशसभा बैठक भोलिसम्मका लागि स्थगित

बागमती प्रदेशसभा बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटमाथि थप छलफल गर्न सभामुख सानुकुमार श्रेष्ठले भोलि बिहान ११ बजे बैठक बोलाएका हुन् ।भोलिको बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथि थप छलफल हुनुको साथै बजेटमाथि उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रालयका मन्त्रीहरुले जवाफ दिनेछन् । त्यस्तै सरकारको काम कारवाही र बजेटमाथि सांसदहरुले राखेको प्रश्नहरुको मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलेसमेत जवाफ दिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको

सम्बन्धित सामग्री

बागमती प्रदेशसभा बैठक साउन ५ गते बस्ने

बागमती प्रदेशसभा बैठक साउन ५ गते बस्ने भएको छ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले साउन ५ गते दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका हुन् । प्रदेशसभा बैठक गत असार २९ गते ५ वटा अध्यादेश पास गरेर अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।संसद् चल्न नसकेको अवस्थामा सरकार संचालन र दैनिक काम कारवाहीका लागि ल्याइएको विभिन्न ५ अध्यादेश स्वीकृत गरेर अनिश्चित कालका लागि स्थगित गरिएको बैठक पुनः साउन ५ गतेका लागि आह्वान गरिएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।उक्त बैठकमा सरकारले ल्याए

एमालेको अवरोधपछि बागमती प्रदेशसभा बैठक स्थगित

हेटौंडा : नेकपा एमालेको अवरोधपछि बागमती प्रदेशसभा बैठक स्थगित भएको छ। एमालेको अवरोधपछि बैठक भोलि बिहान ११ बजेसम्मको लागि स्थगित गरिएको हो। प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट सन्तुलित नभएको, जथाभावी रुपमा करको दायरा घटबढ गराएकोलगायतका विभिन्न कुरामा एमालेको विरोध छ।

एमालेको विरोधपछि स्थगित बागमती प्रदेशसभा बैठक पुनः सुरु

हेटौंडा : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधले गर्दा स्थगित भएको बागमती प्रदेशसभा बैठक पुनः सुरु भएको छ।सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० नीति तथा कार्यक्रममाथि छलफलका लागि बसेको बैठकमा एमालेले अवरोध गरेपछि स्थगित भएको थियो।  मुख्यमन्त्री राजेन्द्र पाण्डे, कृषि तथा पशुपन्छी विकास मन्त्री बसुन्धरा हुमागाईं र मन्त्रालयका सचिव शरणकुमार पाण्डेले कृषि अनुदान आफ्ना मान्छेलाई कार्यविधिविपरीत नदिएको भन्दै तीनजना कर्मचारीहरुको सरुवा गरेको एमालेको आरोप छ।बिहीबार बसेको प्रदेशसभा बैठकमा यस विषयम

एमालेको विरोधपछि बागमती प्रदेशसभा बैठक स्थगित

हेटौंडा : नेकपा एमालेको विरोधपछि बागमती प्रदेशसभा बैठक स्थगित भएको छ । सरकारको नीति तथा कार्यक्रम माथि छलफलका लागि बसेको बिहीबार बिहान बसेको प्रदेशसभा बैठकमा एमालेले विरोध गरेपछि बैठक स्थगित भएको हो। एमालेको मुख्य सचेतक दीपक निरौलाले प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, कृषि तथा पशुपन्छी विकास मन्त्री वसुन्धरा हुमागाईँ र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव शरणकुमार पाण्डेले कृषि अनुदान कार्यविधि विपरीत दिएको  र अनावश्यक रूपमा तीन कर्मचारीको सरुवा गरेको भन्द

बागमती प्रदेशसभा बैठक फागुन २९ गते

मकवानपुर-  बागमती प्रदेशसभा बैठक फागनु २९ गते बस्ने भएको छ । प्रदेशसभा सचिवालयले आज सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो । करिब साढे दुई महिनादेखि बस्न नसकेको प्रदेशसभाको बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए । यसअघि फागुन १६ गतेका लागि बोलाइएको बैठक प्रदेशसभा सचिवालयले अनिश्चितकालका लागि स्थगित भएको जनाएको थियो […]

बागमती प्रदेशसभा बैठक फागुन १६ गते बस्ने

गत पुस ८ गते स्थगित बागमती प्रदेशसभा बैठक आगामी फागुन १६ गते बस्ने भएको छ । सभामुख सानुकुमार श्रेष्ठले बुधवार आह्वान गरेको सर्वदलीय बैठकमा प्रदेशसभा बैठक फागुन १६ गते राख्ने विषयमा दलहरूबीच सहमति भएको हो । प्रदेशसभा बैठक पुस ८ गतेयता बसेको छैन । विपक्षी दल नेकपा एमालेको अवरोधका कारण सत्तापक्षले बैठक आह्वान गर्न सकेको थिएन । सभामुख सानुकुमार श्रेष्ठले बोलाएको सर्वदलीय बैठकमा फागुन १५ गते पुनः सर्वदलीय बैठक बस्ने र फागुन १६ गते प्रदेशसभा बैठक बोलाउने विषयमा दलहरूबीच सहमति भएको छ । बुधवार बसेको सर्वदलीय ब...

बागमती प्रदेशसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

बागमती प्रदेशको प्रदेशसभा बैठक आज बस्दैछ । ३५ दिन देखि अनिश्चित रहेको बागमती प्रदेशसभा बैठक आज दिउँसो २ बजेका लागि आह्वान गरिएको प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ । गत असार २८ गते  प्रदेशसभा बैठक स्थगित गरिएको थियो ।  चालु आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम र बजेट पारित गरेसँगै बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अनिश्चित समयका लागि स्थगित गरेका थिए ।प्रदेशसभा सचिवालयका अनुसार बागमती प्रदेशसभा बैठक लगातार २ दिनसम्म चल्ने कार्यसूची तयार भएको छ । प्रदे

बागमती प्रदेशसभा बैठक २० मिनेटका लागि स्थगित

बागमती प्रदेशसभा बैठक २० मिनेटका लागि स्थगित भएको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट माथि छलफलका लागि शुक्रबार मध्यान्ह १२ बजेदेखि बसेको बैठक २० मिनेटका लागि स्थगित गरिएको हो ।बैठकमा विषेश समयमा दलीय आधारमा प्रदेशसभा सदस्यहरुले सार्वजनिक महत्वको विषयमा आफ्ना धारण राखेका थिए । बैठकमा सत्तापक्ष र विपक्षका गरी कुल १३ जना प्रदेशसभाका सदस्यहरुले धारणा राखेका थिए । बैठकमा सत्तापक्ष नेकपा एमालेका सांसदहरुले प्रदेश सरकार र मातहतका मन्त्रीहरुले विपद् व्यवस्थापनमा सक्दो काम गरेको धारणा

बागमती प्रदेशसभा बैठक बिहीबार बस्ने

हेटौंडा : बागमती प्रदेशसभा बैठक जेठ १७ बिहीबार बस्ने भएको छ। असार १ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेर स्थगित भएको प्रदेशसभा बैठक १७ गते बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको हो। प्रदेशसभाका उपसचिव विनोद अमात्यले बुधबार बस्ने कार्यव्यवस्था परामर्श समितिले बैठकको कार्यसूची तय गर्ने जानकारी दिए।संसदमा प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेट प्रस्तुत गरेको हुँदा बजेटमाथि छलफल हुने उनको भनाइ छ। बजेट सार्वजनिक गरेको दुई सातासम्म पनि संसद बैठक बोलाउन नसकेको भन्दै

बागमती प्रदेशसभा बैठक १७ गते बस्ने

बागमती प्रदेशसभा बैठक आगामी असार १७ गते बस्ने भएको छ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले असार १७ गते ३ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरेका हुन् ।उक्त बैठकमा प्रदेश सरकारले संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट वक्तव्य माथि छलफल हुने जनाइएको छ ।गत असार १ गते बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरे लगत्तै स्थगित भएको प्रदेश सभा बैठक हाल सम्म पनि बस्न सकेको थिएन ।प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि पू