घरमा दैनिक झगडा पर्छ ? यी उपाय अपनाउनुस्

काठमाडौँ– घर परिवारको वातावरण शान्त होस् । परिवारका सदस्यहरू बीचमा आपसी साथ सहयोग र माया होस् भन्ने हरेकको चाहना हुन्छ । तर धेरै कारणले गर्दा घर परिवारमा अनावश्यक झैँझगडा हुने गर्छ । यसलाई समाधान गर्न वास्तु शास्त्रले पनि केही उपायहरू बताएको छ । वास्तु दोषका कारण धेरैको घर परिवारमा राम्रो वातावरण सिर्जना हुन पाउँदैन । […]

सम्बन्धित सामग्री

रहस्य (कथा)

एउटा सानो कुरालाई लिएर पनि उनीहरू विभुको बहिष्कार गर्थे । सम्पूर्ण बहिष्कार । कक्षामा कसैलाई ऊसँग बोल्न दिँदैनथे । साथीहरूले उसको दुःख नबुझिदिएकोमा विभु झन् दुःखी हुन्थ्यो । घरबाट आमाले अर्ती दिएर पठाउँथिन्, “साथीहरूसँग मेल राख्नू । झगडा नगर्नू ।” साथीहरू थिए तर ऊसँग मेल राख्न नखोज्ने । उसलाई सताइरहने । सताउने उपाय उनीहरूको अत्यन्त अनौठो हुन्थ्यो । भन्थे, “विभु, जा आज तँ सजिलो काममा परिस् । भोलि तैँले हाम्रो होमवर्क गरेर ल्याउनू ।” यो पनि कुनै सजिलो काम थियो ? उसले साथीहरूलाई भन्थ्यो, “घरमा आमालाई सघाउनु पर्छ ।” उनीहरूले भने, “तेरी आमा हाम्रो घरमा काम गर्ने त हो । हामीले भनेका छौँ भनेपछि तेरी आमाले पनि गरिदे न त त्यति होमवर्क भन्ने त हो । अनकन नगर । नत्र तँ हामीभन्दा बाहिर हुन्छस् ।”

बाइसे चौबीसे राज्य ब्युँताऔं

जेठ १४ मा संविधान आए पनि नआए एउटा कुरो भने आइसकेको छ । त्यो हो, हातहातमा लाठो, मुङ्ग्रो, हँसिया, हथौडा, मशाल लिएर देशभर हामीलाई छुट्टै राज्य चाहिन्छ भन्नेहरूको जुलुश र हामीले माग गरेअनुसारको प्रदेश दिइएन भनेर विभिन्न समूहले देशभरि कलह शुरू गर्ने धम्की । त्यसले भोलि गृहयुद्धकै रूप लेला वा नलेला भन्न सकिन्न । त्यस महासंग्रामबाट देशलाई बचाउने उपाय छ । त्यो हो : पृथ्वीनारायण शाहले एकीकृत गर्नुअघिको अवस्थामा नेपाललाई विकेन्द्रित गर्नु । पृथ्वीनारायणले बिनाकाममा नेपाललाई एकीकरण गरिदिएका रहेछन् । उनले त्यसो नगरिदिएको भए अहिले नेपाल राजारजौटाको धनी देश हुने रहेछ । जे होस् नेपाललाई बाइसे चौबीसेसमेत गरेर उतिबेला जस्तै सयौं प्रदेशमा विभाजित गर्नुपर्छ । नभए पूर्वप्रम शेरबहादुर देउवाले सुझाव दिएजस्तै हालका ७५ जिल्लालाई नै प्रदेश भनिदिनुपर्छ । त्यति गर्दिने हो भने सुकुम्बासीदेखि हुकुम्बासी मोर्चा, माओवादीका दुई, एमालेका, तीन, कांग्रेसका चार, मधेशवादीका अनगिन्ती सबै गुट–उपगुटले माग गरेजति राज्य प्राप्त गर्ने छन् । यति गरेपछि देशमा लफडा, झगडा सबै निमिट्यान्न भइहाल्नेछ र देश विकासको गतिमा दौडनेछ । देशमा अहिले एकीकरण चाहिएकै होइन । अहिले त प्राय: सबैलाई विखण्डन, विकेन्द्रीकरण संघीयता सँगै चाहिएको छ । यूरोपियन देशका नेताहरूको बुद्धि बिग्रिएर साझा मुद्दा, साझा आर्थिक मञ्च बनाएर विकास गर्ने कुरा गरेका छन्, त्यो नेपालमा सुहाउँदैन । नेपाललाई त हरेक जाति, भाषी, वर्गअनुसार टुक्र्याउनुपर्छ । तर, प्रदेश भागबण्डा गर्दा भने अलि विचार पुर्‍याउनु पर्दछ । एउटा दलमा जति पनि राजा रजौटा हुने योग्यता राख्दछन्, ती सबैलाई प्रदेश छुट्याइदिनु पर्दछ ।  (तीतोमीठोबाट)  वर्ष ६, अंक २३७, शुक्रवार, २९ वैशाख, २०६९

बाइसे चौबीसे राज्य ब्युँताऔं

जेठ १४ मा संविधान आए पनि नआए एउटा कुरो भने आइसकेको छ । त्यो हो, हातहातमा लाठो, मुङ्ग्रो, हँसिया, हथौडा, मशाल लिएर देशभर हामीलाई छुट्टै राज्य चाहिन्छ भन्नेहरूको जुलुश र हामीले माग गरेअनुसारको प्रदेश दिइएन भनेर विभिन्न समूहले देशभरि कलह शुरू गर्ने धम्की । त्यसले भोलि गृहयुद्धकै रूप लेला वा नलेला भन्न सकिन्न । त्यस महासंग्रामबाट देशलाई बचाउने उपाय छ । त्यो हो : पृथ्वीनारायण शाहले एकीकृत गर्नुअघिको अवस्थामा नेपाललाई विकेन्द्रित गर्नु । पृथ्वीनारायणले बिनाकाममा नेपाललाई एकीकरण गरिदिएका रहेछन् । उनले त्यसो नगरिदिएको भए अहिले नेपाल राजारजौटाको धनी देश हुने रहेछ । जे होस् नेपाललाई बाइसे चौबीसेसमेत गरेर उतिबेला जस्तै सयौं प्रदेशमा विभाजित गर्नुपर्छ । नभए पूर्वप्रम शेरबहादुर देउवाले सुझाव दिएजस्तै हालका ७५ जिल्लालाई नै प्रदेश भनिदिनुपर्छ । त्यति गर्दिने हो भने सुकुम्बासीदेखि हुकुम्बासी मोर्चा, माओवादीका दुई, एमालेका, तीन, कांग्रेसका चार, मधेशवादीका अनगिन्ती सबै गुट–उपगुटले माग गरेजति राज्य प्राप्त गर्ने छन् । यति गरेपछि देशमा लफडा, झगडा सबै निमिट्यान्न भइहाल्नेछ र देश विकासको गतिमा दौडनेछ । देशमा अहिले एकीकरण चाहिएकै होइन । अहिले त प्राय: सबैलाई विखण्डन, विकेन्द्रीकरण संघीयता सँगै चाहिएको छ । यूरोपियन देशका नेताहरूको बुद्धि बिग्रिएर साझा मुद्दा, साझा आर्थिक मञ्च बनाएर विकास गर्ने कुरा गरेका छन्, त्यो नेपालमा सुहाउँदैन । नेपाललाई त हरेक जाति, भाषी, वर्गअनुसार टुक्र्याउनुपर्छ । तर, प्रदेश भागबण्डा गर्दा भने अलि विचार पुर्‍याउनु पर्दछ । एउटा दलमा जति पनि राजा रजौटा हुने योग्यता राख्दछन्, ती सबैलाई प्रदेश छुट्याइदिनु पर्दछ ।  (तीतोमीठोबाट)  वर्ष ६, अंक २३७, शुक्रवार, २९ वैशाख, २०६९

घर झगडा भइरहन्छ ? यी उपाय अपनाउनुहोस्

सबैको चाहाना हुन्छ, घरमा खुसीयाली र शान्ति होस् । तर कैयौँ पटक वास्तु दोषका कारण धेरैको यो इच्छा पुरा हुँदैन । वास्तुमा यस्ता केही उपाय बताइएको छ, जसका कारण घर झगडा, कलह लगायतका समस्या समाधान गर्न सकिन्छ । क) कोठामा आओस् सूर्यको प्रकाश घर बनाउँदा वा किन्दा विशेष गरी सबै कोठामा सूर्यको प्रकाश आउने बनाउनु […]

किन चाहियो पैसा !

पैसाको सन्दर्भमा केहीले के भन्ने गर्छन् भने मरेर के लानु छ र ? बाचुन्जेल ढुक्कले खान पुगे भयो । वास्तवमा यस्ता शब्दहरू बच्चाहरूको अगाडि बोल्नु पनि पाप हो । कसैले त केसम्म भन्छन् भने सिकन्दर पनि खाली आएको थियो खाली हात नै गयो । तर, मानव मात्रले बुझ्नुपर्ने के छ भने खाली हात मर्नुपर्छ भने पनि सिकन्दर बनेर मर्नुपर्छ ऐरेगैरे नथ्थु खैरे बनेर होइन । मर्नुमा पनि मजा आओस् । मर्दा केही लाने होइन, ज्यूँदो छँदा पनि विभिन्न रोगले गर्दा केही खान नमिल्ने होस् तर कमाउने प्रयास त गर्नुपर्छ बरु त्यो सम्पत्ति कसैलाई दान दिएर नै मर्न किन नपरोस् । मानिसले आफ्नो जीवनमा सबैभन्दा माथि पुग्ने प्रयास गर्नबाट कहिल्यै पछि हट्नु हुँदैन । पैसा कमाउने प्रयासबाट वञ्चित हुनु हुँदैन । पैसा जीवनको अभिन्न अंग हो भने लगानी भनेको पैसाको वंश वृद्धि गर्ने आधार हो । व्यवस्थित तरिकाले सोचेर लगानी गर्ने हो भने कमाइ नहुने भन्ने छँदै छैन  । लगानी गर्दा अलिकति सोचविचार भने गर्नुपर्छ । पैसा लगनशीलता, जोखिम ग्रहणता, धैर्य र निरन्तर प्रयासको प्रतिफल हो । यसैको माध्यमबाट मानिसले अनेक खुशी किन्न सक्छ समुद्रको किनारमा जलको छालसँग खेल्न सक्छ । अनेक व्यक्तिलाई पुरस्कार दिन सकिन्छ, भोकोलाई गाँस, र नाँगोलाई कपास दिन सकिन्छ । त्यसकारणले पैसा कमाउने विषयमा कहिल्यै बहाना नबनाऊँ । यो हातको पौरख, मुटुका लागि साहस, दिमागका लागि इन्टेलिजेन्स हो, अनजान ठाउँमा वास हो र जीवन जिउने अति महŒवपूर्ण प्रयास हो । यी विविध कारणले गर्दा पैसा कमाउन निर्भयका साथ लगानी गरौं । लगानी जहिले पनि सम्पत्तिमा गराैं दायित्वमा होइन, जस्तै जग्गा, घर शेयर, शिक्षा, आदि सम्पत्ति हुन् यी सबैले थप आम्दानी दिन्छ । तर, महँगो कार, घोडा, महँगो सुट, घडी मोबाइल, आवश्यकताबाहेक गाडी आदि सबै दायित्व हुन् । त्यसैले सम्भव भएसम्म दायित्वमा भन्दा सम्पत्तिमा लगानी गरौं । अमेरिकामा २ श्रीमान् श्रीमती थिए तर दुई बीच झगडा थियो, सधैं झगडा हुन्थ्यो । श्रीमती लोग्नेको सम्पत्तिका लागि मात्र पतिसँग बसेकी थिइनन् । १ दिन यो दम्पत्तिबीच सम्बन्ध विच्छेदको अवस्था आयो । श्रीमतीले ठूलो धनराशी लिएरमात्र छोडपत्र दिने भइन् । अन्तिममा त्यो लोग्नेसँग केबल ७० डलर बच्यो । उमेर गएको थियो लगानी गर्ने पैसा थिएन । बाँचेर पनि के खाने कुनै थप उपाय थिएन । उसले आत्महत्या गर्ने सोच्यो अनि आत्महत्या गर्न डेराबाट निस्क्यो । बिहानै थियो, आत्महत्या त जतिबेला गरे पनि हुन्छ तर यो ७० डलर लगेर क्यासिनोमा थापें भने कतै टन्न पैसा कमाइ हाल्छु कि भनेर, क्यासिनोतिर मोडियो । क्यासिनो पैसा लगाउन जानेको भीड थियो । लाइनमा उसले एउटा पत्रिका उठाएर हेर्न थाल्यो जुन बाटोमा यसै फ्याकिएको थियो । यो पत्रिकामा एउटा लीलामीको सूचना थियो । ऊ उभिएको केही किलोमीटर पर सरकारले एउटा खानी लीलामी गर्दै थियो र त्यसको मिति आज नै थियो । उसले सोच्यो यो क्यसिनोमा भीड बढी छ बरु त्यही लीलामी स्थलमा गएर हेरौं के छ तमाशा । ऊ खानीस्थलतिर गयो । अचम्म कोही पनि त्यो खानीमा लगानी गर्न आएको थिएन किनकि सरकारले समेत केही गर्न नसकेर लीलामी गर्दै थियो । त्यति बेला ऊ एक्लो बिड गर्ने व्यक्ति थियो उसले केबल ७० डलरको बोली लगायो । त्यो खानीमा सुन निकाल्न सरकाले करोडाैं लगानी गरेको थियो । केही ननिस्केपछि लीलामी हुँदै थियो । अरू कोही प्रतिस्पर्धी नभएपछि खानी उसको भयो । त्यति बेला लीलामीमा न्यूनतम योभन्दा बढीको बोली लगाउनुपर्ने भन्ने नियम हुँदैनथ्यो । न्यूनतम मूल्यको नियम सन् १९९२ पछि मात्र शुरू भएको हो । यसरी ७० डलरमा कसैलाई काम नलाग्ने खानी उसको नाममा आयो । अब यसैमा मर्नुपर्ला भन्ने सोच्दै थियो । उताबाट केही मानिस उसको नजिक आए र भने अब तपाईं हाम्रो मालिक हुनुभयो । हामी यहाँ खन्ने कामदार हौं । आज ५ बजेसम्मको ज्याला हामीले बुझिसकेका छौं । अझ ३ घण्टा दिन बाँकी छ, हामीले खनौं कि के गराैं ? उसले भन्यो ज्याला बुझेकाले खन्नुहोस् । कामदारले खन्न थाले । हर्षको कुरा त के भयो भने त्यो खानी थप ३ फीट खन्नासाथ सुन निस्कियो । ऊ लाखाैं टन सुनको मालिक बन्यो । यो हो, पैसाको करामत वा लगानीको महत्त्व, ३ फीटले उसको बदलियो जिन्दगी । पैसाले यस्ता चमत्कार गरेका अनेक उदाहरण छन् । नेपालको शेयरबजारमा गरेको लगानीले पनि दोस्रो बजारमा ११३ मा किनेको शेयर १० महीनामा १३३० बनेको छ । त्यसैले पैसाको लगानीमा महान् शक्ति हुने भएकाले यसका लागि अनेक तरीकाले प्रयास गरौं । पैसा जीवनको अभिन्न अंग हो भने लगानी भनेको पैसाको वंश वृद्धि गर्ने आधार हो । व्यवस्थित तरीकाले सोचेर लगानी गर्ने हो भने कमाई नहुने भन्ने छँदै छैन, अपवादलाई छोडेर । लगानी गर्दा अलिकति सोचविचार गर्नुपर्छ । लाभदायक क्षेत्र छनोट गर्नुपर्छ । अन्य जोखिम लिन सकिँदैन भने पनि मुद्दतीमै भए पनि पैसा राख्ने हो भने धेरथोर नियमित ब्याज आउँछ । सरकारी बन्ड वा ट्रेजरी बिलमा पनि लगानी गर्न सकिन्छ । पैसा यो जगत्को सबैभन्दा सशक्त प्रजनन शक्ति भएको साधन भएकाले यसलाई निष्क्रिय नगरौं । लगानीविना पैसा अधुरो हुने भएकाले हरेक विद्यार्थीमा व्यवसाय तथा उद्यमशीलता सम्बन्धी सोचको विकास हुनुपर्छ । हुनेहरूले पैसालाई सन्तानहीन बनाउन रोक्ने हो भने अन्य हजाराैं बेरोजगारले रोजगारी पाउने अवसर सृजना हुन जान्छ । लेखक कैलाशकूट बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय अध्यापन गर्छन् ।

बाघले मान्छेलाई आक्रमण गर्नुका यस्ता छन् कारण, यी हुन् जोगिने उपाय

काठमाडौं : पछिल्लो समयमा बाघले मानिसहरूलाई आक्रमण गरेका घटनाहरू बढिरहेका छन्। यस्तो घटना धेरैजसो बर्दिया राष्ट्रिय निकुञ्ज आसपासमा हुने गरेका छन्। बाघको आक्रमणबाट कतिपयको ज्यानसमेत गएको छ। बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठका अनुसार बाघले निम्न अवस्थामा आक्रमण गर्छ :  -आराम गरिरहेको अवस्थामा मानिस नजिक पुगेमा -पोथीले बच्चा लुकाएको बेला मान्छे नजिक पुगेमा -शिकार खेल्न लागको बेलामा अचानक मान्छे पुगेमा -मान्छेहरूले निहुरिएर काम गरिरहेको अवस्थामा -भाले लागेको र झगडा गरिरहे...

कोरोना संकटका बेला आउने बजेट र अपेक्षा

देश कोरोना महामारीको चपेटामा छ । महामारी नियन्त्रणका निम्ति अग्रस्थानमा देखिनुपर्ने सरकारको भूमिका सत्ता राजनीतिमा एकोहोरिएको छ । महामारीबाट अर्थसामाजिक दैनिकीलाई कसरी जोगाउनेभन्दा पनि सत्ता कसरी ढाल्ने र बचाउने भन्ने ध्याउन्नमा राजनीति केन्द्रित छ । यसैबीच अबको केही दिनमा आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक ल्याउनैपर्ने अवस्था छ । संविधानले नै जेठ १५ मा बजेट ल्याउने व्यवस्था गरेको छ । कोरोना महामारीबाट विश्व नै अक्रान्त भइरहेको बेलामा जनताको जीवन रक्षा र अर्थतन्त्रको पुनरुत्थान बजेटको मूल प्राथमिकता हुनुपर्छ, यसमा द्विविधा आवश्यक छैन । सरकारले यो आवश्यकतालाई स्वीकार गरेको पनि छ । आर्थिक विकासको अग्रभागमा देखिने निजीक्षेत्रले पनि यो कुरालाई बारम्बार उठाउँदै आएको छ । यो आवश्यकताको प्रत्याभूतिमा भने अनेक सन्देह र असन्तोषहरू छन् । समस्याको चुरो नै यहीँ छ । मुख्य बजार र उत्पादनका केन्द्रमा लगाइएको निषेध आदेश अब तेस्रो हप्तामा प्रवेश गरिसकेको छ । कोरोना महामारी नियन्त्रणका लागि निषेध आवश्यक भए पनि यो अवधिमा उपचारका पूर्वाधारको व्यस्थापनमा जुन तदारुकता हुनुपर्ने हो, सरकारी तवरबाट त्यो सक्रियता देख्न पाइएको छैन । अहिले कोरोना संकट दिनप्रतिदिन गहिरिँदै गएको छ । अधिकांश जिल्लामा निषेधाज्ञा छ । ४ जिल्लामात्र निषेध आदेशमुक्त छन् । मुख्य बजार र उत्पादनका केन्द्रमा लगाइएको निषेध आदेश अब तेस्रो हप्तामा प्रवेश गरिसकेको छ । कोरोना महामारी नियन्त्रणका लागि निषेध आवश्यक भए पनि यो अवधिमा उपचारका पूर्वाधारको व्यस्थापनमा जुन तदारुकता हुनुपर्ने हो, सरकारी तवरबाट त्यो सक्रियता देख्न पाइएको छैन । संक्रमित अस्पतालमा छटपटाइरहेका छन्, सद्दे मानिस घरभित्र थुनिएका छन् । अस्पतालमा बेड छैन, सास फेर्न अक्सिजन छैन । उपचारका लागि स्वास्थ्यकर्मी पर्याप्त छैनन्, भएका पनि अत्यावश्यकीय पूर्वाधारको अभावमा दुव्र्यवहार सहेर उपचारमा खटिन विवश छन् । संक्रमितका आफन्तहरू उपचारको अभावमा जीवन गुमाउँदै गरेका प्रियजनको मृत्यु हेर्न लाचार छन् । संकटका बेला जनतासँग उभिनुपर्ने सरकार नामको संयन्त्रका गतिविधिले भने जनतालाई राहतको सट्टा आहत बनाउने काममात्र गरेको छ । राजनीति त सत्ता विघटन र बचाउमा लागेको छ । स्मरण हुन्छ, २०७२ सालको भूकम्पलाई कारण देखाएर राजनीतिक दलहरू सत्ता र शक्तिको झगडा प्रमुख होइन भन्दै संविधान निर्माणका लागि एक ठाउँमा उभिएका थिए । अहिले जनजीवन यत्रो महामारीको कहरमा हुँदा पनि नेतृत्वमा त्यो जिम्मेवारी बोध देखिएको छैन । भूकम्पताका संविधान निर्माणका लागि देखिएको त्यतिखेरको मतैक्यता सत्ता र शक्ति साझेदारीको फरक आवरणमात्र रहेछ भन्ने लाग्नु अस्वाभाविक होइन । सरकारले किस्ताबन्दीमा थपेको निषेधाज्ञा कम्तीमा १ महीना जाने निश्चित भइसकेको छ । गतवर्षको चैतमा शुरू भएको बन्दाबन्दी र त्यसपछिको निषेध ६ महीनासम्म चलेको थियो । त्यतिबेला महामारीको क्षति अहिलेको तुलनामा कम भए पनि नियन्त्रणमा सरकारी भूमिका सन्तोषजनक थिएन । सरकार योजनाभन्दा पनि छिमेकी देश भारतको सिको गरिरहेको थियो । त्यतिबेला सीमा नाका बन्द थिए । तर, अहिले खुला राखिएको छ । खुला सिमानाबाट भइरहेको आवागमन र मापदण्डको पालनामा लापरबाही अहिले संक्रमण र क्षतिको उत्कर्षको कारण हो भन्न द्विविधा मान्नु पर्दैन । अहिले संक्रमण र क्षति बढी हुँदा कहिले कसरी नियन्त्रणमा आउला यसै भन्न सकिने अवस्था छैन । सरकार देशैभरि कडा बन्दाबन्दी लगाउने तयारीमा रहेका समाचार सञ्चारमाध्यममा आएका छन् । जनतालाई घरभित्रै थुन्ने र स्वास्थ्य पूर्वाधारमा सक्रिय नहुने हो भने बन्दाबन्दीको अर्थ छैन । महामारी नियन्त्रणबाहिर गइसकेको छ । नेतृत्व सत्ता र शक्तिको राजनीतमै मग्न हुने हो भने नियन्त्रण सम्भव छैन । यस्तै अवस्था कायम रहने हो भने अहिलेको निषेधाज्ञा विगत वर्षभन्दा लामो समयसम्म जाने अनुमानचाहिँ गर्न सकिन्छ । कोरोना महामारीले जनजीवन अस्तव्यस्त छ । सँगै आर्थिक दिनचर्या पनि दिनदिनै संकटतिर धकेलिँदै गएको छ । अर्थ मन्त्रालय आगामी वर्षको बजेटको तयारीमा छ । अहिलेको राजनीतिक दृश्यले बजेटको विधि, प्रक्रिया र प्रभावकारितामा अन्योल उत्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन बसेको संसद् बैठकमै पनि विपक्षी नेताहरूले राजनीतिक गतिरोधबीच आगामी बजेट कस्तो हुने र कसरी आउने भन्नेमा आशंका व्यक्त गरिसकेका छन् । तर, आशा र अपेक्षा भने हराएको छैन । चालू आर्थिक वर्षको बजेट र यसको कार्यान्वयनप्रति असन्तुष्ट रहँदै आएको निजीक्षेत्रले आगामी वर्षको बजेटमा कोरोना महामारीबाट उत्पन्न असहजता समाधानको लागि विशेष राहतका प्याकेज ल्याउनुपर्ने माग गर्दै आएको छ । आगामी वर्षको बजेट एउटा असाधारण परिस्थितिको बीचमा आउन लागेको छ । कारोना महामारीले देश अस्तव्यस्तमात्र छैन, राजनीतिक दाउपेचले सरकारको प्राथमकिता महामारी नियन्त्रणबाट हटेर सत्ता जोगाउने तिकडमका केन्द्रित भएको अवस्था छ । यस्तो परिवेशमा आउने बजेट यथार्थ आवश्यकताभन्दा पनि राजनीतिक आग्रह र आवश्यकतामा दुरुपयोग हुने सम्भवना बढी हुन्छ । कोरोना माहामारीले आर्थिक र सामाजिक दैनिकी अस्तव्यस्त भएको अवस्थामा जनताको जीवन बचाउन स्वास्थ्य उपचार र पूर्वाधारमा लगानीको खाँचो छ । अर्थतन्त्रको पुनरुत्थानका निम्ति प्रोत्साहनमूलक प्याकेजको आवश्यकता छ । समग्रमा बजेट आर्थिक र सामाजिक क्षेत्रमा महामारीले पारेको क्षति न्यूनीकरण एवम् पुनरुत्थानमा केन्द्रित हुनुपर्छ । विश्वका सबैजसो अर्थतन्त्रले यस्ता योजना ल्याइरहेको अवस्थामा हामीले त्यसलाई बेवास्ता गर्न मिल्दैन । बेवास्ता भएमा अर्थतन्त्रमा दूरगामी नकारात्मक असर पर्ने निश्चित छ । यसो त यो महामारी र यसको असर नियन्त्रणमा आर्थिक शक्तिहरूलाई त हम्मेहम्मे परेको छ भने हामीजस्तो सीमित स्रोतसाधनको जगमा उभिएको देशका निम्ति सहज पक्कै छैन । भएकै साधनको समुचित व्यवस्थापन र उपयोग हुन सक्यो भने त्यो अपेक्षित नभए पनि आवश्यकतालाई सहजीकरण बनाउने सन्दर्भमा उपलब्धि हुनेमा आशावादी बन्न सकिन्छ । सरकारले चालू वर्षका लागि ल्याएका राहतका कार्यक्रमको कार्यान्वयनमा देखिएको कमजोरीका कारण लक्षित वर्गले त्यसको लाभ उठाउन सकेको छैन । यसले कतिसम्म राहत दिएको छ र प्रभावकारिता कति छ भन्ने कुरा त निजीक्षेत्रले बारम्बार उठाउँदै आएको छ । विगतभन्दा यसपटक कोरोना महामारीको असर बढी पर्ने अनुमान छ । यो अवस्थमा आउने बजेटले यसको यस्तो असर सम्बोधनमा प्रभावकारी काम गर्न सकेन भने अर्थतन्त्रका अवयवहरू उठ्नै नसक्ने गरी थला पर्ने छ । बजेटलाई महामारी नियन्त्रण एवं स्वास्थ्य सेवा विस्तार, प्रभावकारी राहत र पुनरुत्थानका कार्यक्रम, सार्वजनिक सेवामा प्रविधि र सुशासन, पूर्वाधार विकास र निजीक्षेत्रलाई प्रोत्साहन गरिनुपर्ने निजीक्षेको आग्रह छ । यस्ता कार्यक्रमले उपभोक्ताको क्रयशक्ति बढाएर निजीक्षेत्रले काम गर्न सक्ने वातावरण बन्ने निजीक्षेत्रका अगुवाहरूको आग्रहलाई सरकारले बेवास्ता गर्नु हुँदैन । कर तथा राजस्व नीतिमा सुधारका सवालहरू निजीक्षेत्रले उठाउँदै आएको छ । छिमेकी देश भारतले वस्तु तथा सेवा करमार्फत कर प्रणालीमा व्यापक सुधार गरेको परिप्रेक्ष्यमा हामीकहाँ भने यो जटिलमात्र होइन, अव्यावहारिक बन्दै गएको सत्य हो । दुई तिहाइ व्यापार भारतमै केन्द्रित भएकाले त्यहाँ गरिएको सुधारको प्रभाव हाम्रो अर्थतन्त्रमा पनि परिरहेको तथ्यप्रति नीति निर्माताले आँखा चिम्लिनु हुँदैन । भारतले कर प्रणालीमा सुधार गरिरहँदा हाम्रोमा देखिएको संरचनागत र प्रक्रियागत जटिलताले अर्थतन्त्रको प्रतिस्पर्धी क्षमतालाई कमजोर पार्नेमा आशंका आवश्यक छैन । स्वदेशी उत्पादन र व्यापारलाई प्रतिस्पर्धी बनाउने प्रतिबद्धतामा सरकार इमानदार छ भने यो आवश्यकतालाई सम्बोधनमा विलम्ब गर्नुपर्ने कारण छैन । कोरोना प्रभावित उद्यम व्यापारका लागि आर्थिक प्याकेज, श्रमका समस्याको समाधान, रुग्ण तथा घाटामा गएका उद्योगका समस्या सम्बोधनलाई बजेटले प्राथमिकतामा राख्न सक्नुपर्छ । कोरोना महामारी कहिलेसम्म रहन्छ भन्ने निश्चित नभएकाले यसको दीर्घकालीन बचाउका उपायमा केन्द्रित हुनु आवश्यक छ । बन्दाबन्दी र निषेधाज्ञा संक्रमणको चेन तोड्ने तत्कालीन उपायमात्र हुन् । सबै नागरिकलाई खोपको उपलब्धता र पर्याप्त स्वास्थ्य पूर्वाधार यसको दीर्घकालीन उपाय हो । खोप र उपचारलाई सहज बनाएर स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै अर्थसामाजिक दैनिकीलाई चलायमान बनाउँदै अघि बढ्नुको विकल्प छैन । तयारी केही नगर्ने तर निषेधाज्ञालाई हतियार बनाएर दैनिकीलाई अवरोधमात्रै गर्ने हो भने रोगभन्दा भोक गम्भीर समस्याका रूपमा उपस्थित हुनेछ । ठाकुर वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष हुन् ।

नेकपाको झगडा अन्ततः न रहे बाँस, न बजे बाँसुरीमै पुग्यो

काेरोनाको खोप पर्खेर बसेका आमनागरिकलाई राष्ट्रपति र प्रधानमन्त्रीले चुनावमा छाप लगाउने मिति तोकिदिएका छन् । पार्टीको आन्तरिक घर झगडा मिलाउने उपाय सकिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आमनागरिकको मतलाई अपमान गर्दै संसद् विघटनको सिफारिस गर्नुभयो । प्रधानमन्त्रीको सिफारिसलाई राष्ट्रपतिले सदर गरेपछि संसद् विघटनसँगै वैशाख १७ र २७ ग...