बाइसे चौबीसे राज्य ब्युँताऔं

जेठ १४ मा संविधान आए पनि नआए एउटा कुरो भने आइसकेको छ । त्यो हो, हातहातमा लाठो, मुङ्ग्रो, हँसिया, हथौडा, मशाल लिएर देशभर हामीलाई छुट्टै राज्य चाहिन्छ भन्नेहरूको जुलुश र हामीले माग गरेअनुसारको प्रदेश दिइएन भनेर विभिन्न समूहले देशभरि कलह शुरू गर्ने धम्की । त्यसले भोलि गृहयुद्धकै रूप लेला वा नलेला भन्न सकिन्न । त्यस महासंग्रामबाट देशलाई बचाउने उपाय छ । त्यो हो : पृथ्वीनारायण शाहले एकीकृत गर्नुअघिको अवस्थामा नेपाललाई विकेन्द्रित गर्नु । पृथ्वीनारायणले बिनाकाममा नेपाललाई एकीकरण गरिदिएका रहेछन् । उनले त्यसो नगरिदिएको भए अहिले नेपाल राजारजौटाको धनी देश हुने रहेछ । जे होस् नेपाललाई बाइसे चौबीसेसमेत गरेर उतिबेला जस्तै सयौं प्रदेशमा विभाजित गर्नुपर्छ । नभए पूर्वप्रम शेरबहादुर देउवाले सुझाव दिएजस्तै हालका ७५ जिल्लालाई नै प्रदेश भनिदिनुपर्छ । त्यति गर्दिने हो भने सुकुम्बासीदेखि हुकुम्बासी मोर्चा, माओवादीका दुई, एमालेका, तीन, कांग्रेसका चार, मधेशवादीका अनगिन्ती सबै गुट–उपगुटले माग गरेजति राज्य प्राप्त गर्ने छन् । यति गरेपछि देशमा लफडा, झगडा सबै निमिट्यान्न भइहाल्नेछ र देश विकासको गतिमा दौडनेछ । देशमा अहिले एकीकरण चाहिएकै होइन । अहिले त प्राय: सबैलाई विखण्डन, विकेन्द्रीकरण संघीयता सँगै चाहिएको छ । यूरोपियन देशका नेताहरूको बुद्धि बिग्रिएर साझा मुद्दा, साझा आर्थिक मञ्च बनाएर विकास गर्ने कुरा गरेका छन्, त्यो नेपालमा सुहाउँदैन । नेपाललाई त हरेक जाति, भाषी, वर्गअनुसार टुक्र्याउनुपर्छ । तर, प्रदेश भागबण्डा गर्दा भने अलि विचार पुर्‍याउनु पर्दछ । एउटा दलमा जति पनि राजा रजौटा हुने योग्यता राख्दछन्, ती सबैलाई प्रदेश छुट्याइदिनु पर्दछ ।  (तीतोमीठोबाट)  वर्ष ६, अंक २३७, शुक्रवार, २९ वैशाख, २०६९  

सम्बन्धित सामग्री

शिवराजमा पृथ्वीनारायणको सालिक शिलान्यास

चन्द्रौटा : कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ३ खरेन्द्रपुर चोकमा पृथ्वीनारायण शाहको सालिक स्थापना हुने भएको छ। बुधवार ३०१ औँ जन्मजयन्तीका अवसरमा लुम्बिनी प्रदेशसभा सदस्य अर्जुनकुमार केसीले शिलान्यास गरेका हुन्।२५ लाख रुपैयाँ लागतमा निर्माण हुने सालिक सहित पार्क पनि बनाइने बताइएको छ। सालिक शिलान्यास गर्दै लुम्बिनी प्रदेशसभा सदस्य केसीले पुर्खा र पूर्वजलाई सम्मान गर्नुपर्ने बताए।बाइसे चौबीसे राज्य रहेको अवस्थामा एकीकरण गरी सिंगो नेपाल निर्माणका नायकको जन्मजयन्तीकै अवसरमा सालिक शिलान्यास गरिनु

पाल्पामा तोपको गोला भेटियो

पाल्पा – पाल्पाकाे सदरमुकाम तानसेन नजिकै घडेरी खन्ने क्रममा ठूलो सङ्ख्यामा तोपका गोला फेला परेका छन् । तानसेन नगरपालिका–४ गोलाखानामा घडेरी खन्ने क्रममा तोपका गोला फेला परेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । बाइसे/चौबीसे राज्य एकीकरणको समयताका त्याे ठाउँमा गोलखान रहेका कारण तोपका गोला फेला परेको पाल्पा इतिहासका जानकार निर्मल श्रेष्ठले बताउनुभयो । अहिलेसम्म तीन सय वटा गोला फेला परेको र उत्खननकाे क्रममा अझ धेरै भेटिन सक्ने श्रेष्ठको भनाइ छ । गोला ...

‘कहिले राजा ढोलीठाना, कहिले राजा बेनी !’

म्याग्दी – बेनी नगरपालिका–९ घतानको ढोल्ठान गाउँमा एक ऐतिहासिक दरबार छ । समुन्द्री सतहदेखि १ हजार ९ सय मिटरको उचाइमा पर्ने त्यही ढोल्ठान दरबारले अहिले पर्यटकहरुलाई पर्खिरहेको छ । नेपालमा बाइसे–चौबीसे राज्य रहेको समयमा तत्कालीन ऐतिहासिक पर्वत राज्यको राजधानी ढोल्ठानमा रहेको मानिन्छ ।स्थानीयका अनुसार अहिलेको बेनी नगरपालिका–५, पुलाचौरको गाजने गाउँभन्दा माथि डढेकोट भन्ने स्थानमा तत्कालीन पर्वत राज्यका राजा दिलिपबम मल्ल (डिम्ब)को दरबार थियो । त्यहाँ बज्रपात भएर दरबारमा भीषण आगलागी भएपछि राजा डिम्ब...

अमरगढी किल्लाको बेहाल : चिटीक्क पार्ने प्रयोग गरिएका टायल हराउँदै

डडेल्धुरा । बाइसे—चौबीसे राज्य एकीकरणसँगै डोटेली राज्यमा रहेर पश्चिम प्रशासक भएका बडाकाजी अमरसिंह थापाले कुमाउमा रहेको अग्रेजसँग लडाइँ लड्न अमरगढी किल्ला बनाएका थिए। अगरगढी नगरपालिका–५ खलंगामा अवस्थित किल्ला समुद्री सतहबाट किल्लाको उचाइ लगभग ६ हजार ५०० फिट छ । बडाकाजी अमरसिंह थापाद्वारा निर्मित यो किल्लामा कलात्मक र ठूलाठूला ढुंगा प्रयोग गरिएको छ । पृथ्वीनारायण शाहपछि […]

म्याग्दीस्थित तीन शताब्दी पुरानो भगवती कोत पुन:निर्माण

म्याग्दी : म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरस्थित सिद्दीदात्री भगवती कोत मन्दिर पुन:निर्माण गरिएको छ। यो कोत तीन शताब्दी अघि बनाइएको थियो।तत्कालीन पर्वत राज्य अन्तर्गतको ऐतिहासिक डढेकोट दरवारसँग सम्बन्ध राख्ने कोत राम नवमीको अवसर पारेर उद्घाटन गरिएको हो।पर्वते राजा डिम्बबम मल्लले शक्तिस्वरुपा देवीको पूजाआजा गर्ने र हातहतियार भण्डारण गर्ने ठाउँलाई पुन:निर्माण गरी चिटिक्क बनाएर सिद्धिदात्री भगवती कोत मन्दिर नामाकरण गरिएको हो।यो कोत नेपालमा बाइसे–चौबीसे राज्य रहँदाताका तत्क