काठमाडौं : पछिल्लो समयमा बाघले मानिसहरूलाई आक्रमण गरेका घटनाहरू बढिरहेका छन्। यस्तो घटना धेरैजसो बर्दिया राष्ट्रिय निकुञ्ज आसपासमा हुने गरेका छन्। बाघको आक्रमणबाट कतिपयको ज्यानसमेत गएको छ।
बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठका अनुसार बाघले निम्न अवस्थामा आक्रमण गर्छ :
-आराम गरिरहेको अवस्थामा मानिस नजिक पुगेमा
-पोथीले बच्चा लुकाएको बेला मान्छे नजिक पुगेमा
-शिकार खेल्न लागको बेलामा अचानक मान्छे पुगेमा
-मान्छेहरूले निहुरिएर काम गरिरहेको अवस्थामा
-भाले लागेको र झगडा गरिरहे...