प्रधानमन्त्री पुष्पकमल दाहालले बजार अनुगमनलाई प्रभावकारी बनाउन र राजस्व छली नियन्त्रण गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । जुत्ता, चप्पल व्यवसायीसँगको छलफलपछि आन्तरिक राजस्व कार्यालय, राजस्व अनुसन्धान विभाग र वाणिज्य विभागलाई संयूक्त रूपमा बजार अनुगमन गरेर प्रभावकारी बनाउन दाहालले निर्देशन दिएका हुन् ।