कालो मास्क लगाएर सर्वोच्चमा वकिलहरुको प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ – नेपाल बार एसोसिएसनको आह्वानमा वकिलहरुले बुधबार कालो मास्क लगाएर प्रदर्शन गरेका छन् । आन्दोलनमा सहभागी हुने वकिलहरुको संख्या निकै कम हुँदै गए पनि बारले धर्नासहितको प्रदर्शन भने जारी राखेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै वकिलहरुले प्रदर्शन गर्दै आएका हुन्। बुधबार वकिलहरु कालो मास्क लगाएर बार कार्यालयबाट नाराबाजीसहित सर्वोच्च अदालत […]

सम्बन्धित सामग्री

जातीय विभेदविरुद्ध काठमाडाैंमा कालाे मास्क लगाएर प्रदर्शन (फाेटाे फिचर)

जातीय भेदभाव उन्मूलन दिवसका अवसरमा  नेपाल युवा संगठनले न्युरोडमा कालो मास्क लगाएर प्रदर्शन गरेका हुन् ।

जातीय विभेदविरुद्ध काठमाडाैंमा कालाे मास्क लगाएर प्रदर्शन (फाेटाे फिचर)

जातीय भेदभाव उन्मूलन दिवसका अवसरमा  नेपाल युवा संगठनले न्युरोडमा कालो मास्क लगाएर प्रदर्शन गरेका हुन् ।

प्रतिनिधिसभा विघटनको विरोधमा कर्णालीका पत्रकारको प्रदर्शन

सुर्खेत : प्रतिनिधिसभा विघटनविरुद्ध कर्णाली प्रदेशमा क्रियाशील पत्रकारका सातवटा पेशागत संगठनले आइतबार सुर्खेतको वीरेन्द्रनगरमा विरोध प्रदर्शन गरेका छन्।पेशागत संगठनहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदम असंवैधानिक र प्रतिगामी रहेको भन्दै विरोध गरेका हुन्।मंगलगडीचोकबाट शुरु भएको मौन र्याली वीरेन्द्रनगर बजार परिक्रम गरी पिपल चौतारामा पुगेर कोण सभामा परित भएको थियो। सहभागीहरुले कालो मास्क र कालो पट्टी बाँधेका थिए।सभामा सहभागी पत्रकारहरुले सरकारको लोकतन्त्र र प्रेस स्वतन्त

हामीले नबोले कसले बोल्छ ?

‘बलात्कारी खुलेआम बलात्कृत गुमनाम, बलात्कारको घटना दिनदिनै बढ्दैछ तर गृहमन्त्री भन्छ नेपालमा कम छ । ए हजुर एउटा प्रश्न गर्न पाइन्छ हामीलाई सास फेर्न कसको अनुमति चाहिन्छ ?’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर कलेजका छात्राले महिला हिंसा र विभेदविरुद्धको आन्दोलनअन्तर्गत शुक्रबार राजधानीमा प्रदर्शन गरेका छन् ।प्रदर्शनका लागि उनीहरू वसन्तपुरमा कालो पहिरनमा भेला भएका थिए । सबैका हातमा महिला हिंसा र विभेदविरुद्ध लेखिएका प्लेकार्ड थिए । उनीहरूको आँखामा कालोपट्टी र मुखमा कालो मास्क थियो । अ

संसद विघटनविरुद्ध पेशाकर्मी तथा श्रमिकद्वारा प्रदर्शन

प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली काँग्रेस आबद्ध पेशाकर्मी तथा श्रमिकले आज मुलुकभर विरोध प्रदर्शन गरेका छन् ।  काठमाडौको टुँडिखेलमा प्ले कार्ड, कालोपट्टी र कालो मास्क लगाएको समूूहले केही समय मानवसाङ्लो बनाई घेराउ गरेको थियो ...

सडकमा सुतेर नेविसंघले गर्यो सरकारको विरोध

काठमाण्डौं  । नेपाली काँग्रेस भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)  संसद विघटनको विरोधमा माइतीघरमा  प्रदर्शन गरेको छ । संसद विघटन अलोकतान्त्रिक र असंवैधानिक भन्दै शंकरदेव क्याम्पसका नेविसंघ सम्बद्ध विद्यार्थीहरुले बिहीबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।प्रदर्शनमा सहभागी विद्यार्थीहरुले मुखमा कालो मास्क, निधारमा कालो फिता र त्यसमा नारा लेखेर प्रदर्शन गरेका थिए भने नारा लेखिएको कालो कपडा शरीरमा लगाएका थिए । युवा विद्यार्थीले ‘भ्रस्टाचारी केपी ओली मुर्दा

कालो मास्क लगाएर प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध प्रदर्शन [तस्बिरहरु]

प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन गरेको छ । बिहीबार दिउँसो नेविसंघका कार्यकर्ताहरुले माइतीघर मण्डेलमा कालो मास्क र पोशाक लगाएर विभिन्न नारा लगाएर विरोध गरेका हुन् । उनीहरुले खोक्रो 'राष्ट्रवाद बन्द गर', 'केपी ओली मुर्दावाद', 'विद्यार्थीको एउटै स्वर सरकारभित्र चोरै चोर' जस्ता नारा लगाएर प्रतिनिधिसभा विघटनको विरुद्धमा प्रदर्शन गरेका थिए ।

प्रधानमन्त्री ओलीको विरोधमा धनगढीमा टायर बालेर प्रर्दशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा धनगढीमा टायर बालेर प्रदर्शन गरिएको छ । शुक्रबार धनगढीमा आयोजित आमसभालाई सम्बोधन गर्न जान लागेको ओलीको विरोधमा प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको विद्यार्थी संगठनले विरोध प्रदर्शन गरेको हो । ओलीले सम्बोधनका लागि मञ्च बनाइएको खुलामञ्चनजिक विद्यार्थीहरुले टायर बालेर प्रदर्शन गरेका थिए । प्रधानमन्त्रीका लागि धनगढीको सुरक्षा व्यवस्था कडा पारिएको छ । नेकपा ओली समूह प्रदेश कमिटीको आयोजनामा धनगढीको खुलामञ्चमा हुने सभालाई सम्बोधन गर्न उनी त्यता जान लाग्नुभएको हो । प्रधानमन्त्री आउने भएपछि जिल्लाको सुरक्षा कडा पारिएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताउनुभयो । कार्यक्रमस्थलमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । कार्यक्रममा कालो मास्क लगाएर उपस्थित हुन प्रतिबन्ध लगाइएको छ ।

कालो मास्क लगाएका तरुण दलको प्रश्न, 'डा केसी आज हो कि भोलि, किन बोल्दैन ओली?'

नेपाल तरुण दलले राजधानीको शिक्षण अस्पतालमा प्रदर्शन गरेको छ। डा गोविन्द केसीको जीवनरक्षाको माग गर्दै उनीहरुले कालो मास्क लगाएर विरोध प्रदर्शन गरेका हुन्। उनीहरुले डा केसीको स्वास्थ्य अवस्था गम्भीर बनिसकेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि सम्बोधन नगर्नु आपत्तिजनक रहेको बताएका छन्। १९ औं पटकको अनशसन केसीले जुम्लाबाट