११ साउन, काठमाडौं । पार्टी अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेज र धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने प्रस्ताव अघि सारेपछि विवेकशील साझा पार्टीमा असन्तुष्टि देखिएको छ । विशेषतः विवकेशील नेपाली दलबाट आएका नेताहरुले मिश्रको प्रस्तावमा आपत्ति जनाएका छन् । पार्टीमा छलफल नै नगरी दस्तावेज सार्वजनिक गरेको र घुमाउरो भाषामा राजतन्त्रको पक्षमा वकालत गरेको उनीहरुको आरोप छ । …