कपिलवस्तु, असोज २२ । कपिलवस्तुको कृष्णनगरमा फैलिएको झाडापखाला प्रकोपबाट बिरामी परेका ५०९ जनामध्ये ४२८ जना उपचारपछि निको भई घर फर्केका छन् । बाँकी ४४ जना भने उपचाररत छन् । चिकित्सक मुकेश चौधरीले उपचार गराउन आएको मध्ये ३७ जनालाई प्रदेशिक अस्पताल बुटवल र अन्यलाई जिल्ला अस्पताल तौलिहवामा उपचार गराइएको जानकारी दिनुभयो ।