निर्माण सम्पन्न अस्पताल दुई वर्षदेखि अलपत्र

अर्खाखाँचीको भूमिकास्थान नगरपालिका–७, चिदीचौरमा निर्माण भएको १५ शय्याको आधारभूत अस्पताल दुई वर्षदेखि अलपत्र परेको छ । नगरपालिकाले सञ्चालन गर्न नसकेपछि केन्द्र सरकारको १२ करोड रुपियाँ लागतमा बनेको अस्पतालको भवन अलपत्र परेको हो । न्यूनतम वार्षिक खर्च जोहो गर्न नसक्दा अस्पताल सञ्चालन गर्न नसकिएको नगरपालिकाले जनाएको छ ।

सम्बन्धित सामग्री

ठेकेदारको बदमासी, ३१ करोडको गजेन्द्रनारायण सिंह अस्पताल भवन छ वर्षदेखि अलपत्र

तीन सय शय्याको गजेन्द्रनारायण सिंह अस्पतालमा निर्माण थालिएको छ वर्षमा पनि पूरा भएको छैन । निर्माण कम्पनीसँग तीन वर्ष छ महिनामा निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको थियो ।

१५ शय्याको अस्पताल भवन एक वर्षदेखि अलपत्र

गुल्मी दरबार गाउँपालिकास्थित पन्ध्र शय्याको अस्पताल भवन अलपत्र परेको छ । तोकिएको मितिमा निर्माण सम्पन्न गरिए पनि भुक्तानी समस्याले गाउँपालिकाको अस्पताल भवन एक वर्षदेखि अलपत्र परेको हो । निर्माण व्यवसायीलाई भवन निर्माण गरेको बाँकी रकम भुक्तानी गर्न आवश्यक बजेट नआएका कारण भवनको स्वामित्व हस्तान्तरणसमेत हुनसकेको छैन । जिल्लाका कतिपय पालिकामा निर्माण व्यवसायीले समयमा काम नगर्दा […]

अस्पताल निर्माण अवरुद्ध

निर्माण कम्पनीको लापर्बाहीले अर्घाखाँचीको शीतगङ्गा नगरपालिकास्थित ठाडा प्राथमिक अस्पतालको निर्माण कार्य तीन वर्षदेखि अलपत्र परेको छ । २०७७ साल चैतमै निर्माण सम्पन्न गर्नुपर्ने अस्पताल सम्झौताभन्दा तीन वर्ष ढिला हुँदा पनि सम्पन्न भएको छैन । अस्पतालको भवन पूर्ण रूपमा सम्पन्न भएको छैन । निर्माण भएका संरचना पनि अस्तव्यस्त छोडिएको छ । स्काई भुसाल जेभी अर्खाखाँचीले २०७६ साल असारमा पाँच करोड ६५ लाख नौ हजार ५७२ रुपियाँमा ठेक्का पाएको थियो । सुरुमा निर्माण कार्यलाई तीव्रता दिए पनि अहिले स्थगित छ । सम्झौताको ५० प्रतिशतभन्दा धेरै रकम कम्पनीले लिइसकेको छ ।

घडेरी खन्दाको विवादले एक वर्षदेखि रोकिएको फलेवास नगर अस्पतालको निर्माण अघि बढ्यो

पर्वत । पर्वत (Parbat)को फलेवास नगरपालिकामा अलपत्र अवस्थामा रहेको नगर अस्पताल (Hospital) निर्माणको काम अगाडि बढेको छ ।  एक स्थानीय तह एक आधारभुत अस्पताल कार्यक्रमअन्तर्गत निर्माण गर्न लागिएको नगर अस्पतालको काम एक वर्षदेखि अलपत्र थियो ।  विवादका कारण घडेरी खनेर अलपत्र अवस्थामा रहेको नगर अस्पतालको निर्माण कार्य सर्वपक्षीय छलफलपछि बाँकी रहेको काम अगाडि बढाउने सहमति भएको हो । घडेरी खन्ने क्रममा त्रुटि भएको भने स्थानीयले विरोध गरेपछि निर्माणको काम बीचमै रोकिएको थियो ।  उक्त अस्पताल फलेवास नगरपालिका–६, देवीस्थानमा निर्माण गर्न थालिएको हो । साविकको स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्ने तथा भवन बनाउने गरी आर्थिक वर्ष २०७७/०७८ मा बोलपत्र आह्वान भई २०७८ असार ३१ मा सम्झौता भएको थियो । भवन बनेपछि यहाँ १४ शय्या रहने जनाइएको छ ।  निर्माण व्यवसायी प्रतिष्ठा–जुम्ली–आचार्य जे.भी. बागलुङले निर्माणस्थल परिवर्तनसँगै संशोधित भएको आर्किटेक्चरल, स्ट्रक्चरल, स्यानिटरी, इलेक्ट्रिकल डिजाइनबमोजिम सम्झौता गरेको थियो ।  उक्त अस्पतालमा सम्झौता बमोजिमका सामग्रीमा परिमाणमा थपघट, माटो कटिङ लगायतका प्रक्रियाका कारण निर्माण कार्य करिव २ वर्ष अघिदेखि रोकिएको थियो । नगर अस्पताल निर्माणका लागि नेपाल सरकारले रु. १० करोड ६३ लाख रुपैयाँ विनियोजन गरेको थियो ।  अस्पताल भवनको डीपीआर स्वीकृत नभई निर्माण गर्दैगर्दा भवन निर्माणस्थल परिवर्तन भएको र परिवर्तित निर्माण स्थलबमोजिम नक्सा संशोधन गर्न लगाई प्रक्रिया अघि बढाइएको नगरप्रमुख गंगाधर तिवारीले जानकारी दिए । ‘धेरै लामो प्रयासपछि विवाद मिल्यो,’ तिवारीले भने, ‘निर्माण व्यवसायीलाई काम अगाडि बढाउन नगर कार्यपालिकाले आदेश दिइसकेको छ ।’  प्रस्तावबमोजिम आगामी नगरसभाबाट अनुमोदन गर्नेगरी स्वीकृत गर्ने साथै थप म्यादभित्र भेरिएसन आदेशबमोजिम निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीलाई संशोधित कार्यादेश दिन फलेवास नगरपालिकाको कार्यालयलाई निर्देशन दिने निर्णय गरिएको नगरप्रमुख तिवारीले जानकारी दिए ।  अलपत्र अवस्थामा रहेको अस्पताल बनेपछि स्थानीय बासिन्दालाई सामान्य उपचारका लागि पनि सदरमुकाम कुश्मा, पोखरा तथा बागलुङ पुग्नुपर्ने बाध्यता हट्ने तिवारीले बताए ।

नेता ठेकेदारले नै पारे निर्माण योजना अलपत्र

नेपाली समाजमा ‘सानालाई ऐन, ठूलालाई चैन’ भन्ने लोकोक्ति प्रचलित छ। सदरमुकाम बेनीमा निर्माणाधीन बेनी अस्पतालको भवन कार्य यो लोकोक्तिसँग ठ्याक्कै मेल खान्छ। देशभरिका निर्माण व्यवसायीका छाता सङ्गठन निर्माण व्यवसायी महासङ्घका पदाधिकारी एवं ठूला नेताहरूले जिम्मा लिएको बेनी अस्पताल निर्माणाधीन भवन दुई वर्षदेखि अलपत्र छ। निर्माणाधीन भवनको फलामे रडमा खिया लागेको छ। निर्माण सम्पन्न नहुँदै भवन जीर्ण र पुरानोजस्तो देखिन थालेको छ। छ वर्षअघि निर्माण सुरु गरिएको अस्पताल भवन दुई वर्षयता अलपत्रजस्तै छ। भवन निर्माणलाई गति दिन सरकारी निकायबाट सात पटकसम्म पत्र काटिएको बताइएको छ। तर उक्त पत्रले निर्माण व्यवसायीको रौँ हल्लाएको छैन। भवन अलपत्र पार्ने ठेकेदारको फोटो टाँसेर स्थानीय युवाले गत हप्ता विरोध पनि गरे।

बेनी अस्पतालको भवन २ वर्षदेखि अलपत्र

म्याग्दी (अस) । म्याग्दीको बेनी अस्पतालको भवन निर्माण अलपत्र परेको छ । अस्पताल भवन समयमै निर्माण सम्पन्न भएको भए अहिले ५० शय्याको सुविधासम्पन्न भवनबाट अस्पताल सञ्चालन भइरहेको हुन्थ्यो । ठेकेदार कम्पनीले कार्ययोजना अनुसार काम नगर्दा करीब २ वर्षदेखि भवन अलपत्र अवस्थामा छ । हाल अस्थायी र साँघुरा कोठामा काम चलाउ हिसाबले बिरामीको उपचार गर्नुपर्ने बाध्यता छ । तर २० महीनाअघि नै सम्पन्न गर्ने सम्झौता गरेका निर्माण व्यवसायीको विवाद अदालत पुगेपछि भवन निर्माण पनि अन्योलमा परेको हो । तत्कालीन शहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले २०७३ मङ्सिर २१ गते ५० शय्या क्षमताको अस्पताल भवन निर्माणका लागि महादेव खिम्ती–गल्वा–रफिना जेभीसँग १८ करोड ८४ लाख ८ हजार ८९ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । २४ करोड ४ लाख २९ हजार ८६९ रुपैयाँ लागत अनुमान गरिएको थियो । महादेव खिम्तीका सञ्चालक निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह हुन् । यो भवन बनाउने जिम्मेवारी रविन जोशीले लिएको थियो । २०७६ मङ्सिर २० गते निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता थियो । तर भवन निर्माण सम्झौताको मिति सकिने बेलासम्म आधा काम पनि भएको थिएन । भवन निर्माणका लागि पहिलो चरणमा कोरोनाको समस्या देखाउँदै २०७७ जेठ २० गते एक वर्षका लागि म्याद थप गरिएको थियो । गत जेठमा थप गरिएको म्याद सकिएको छ । शहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङका इन्जिनियर वीरबल सुनारका अनुसार हालसम्म ५/६ प्रतिशत मात्र भौतिक निर्माण सकिएको छ । उनका अनुसार अहिलेसम्म ठेकेदार कम्पनीले ९ करोडको हाराहारीमा भुक्तानी समेत लगिसकेको छ । ४ हजार ९६३ वर्गमिटर क्षेत्रफलमा बनाउन लागिएको चारतले तीनओटा भवनको हालसम्म विभिन्न चरणमा भएको लिखित र मौखिक प्रतिबद्धता अनुसार निर्माणलाई गति दिन नसकेपछि कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया थाल्न जिल्ला प्रशासन कार्यालय म्याग्दीले सम्बद्ध निकायलाई पत्र समेत काटेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणमार्फत सरकारले गरेको घोषणा अनुसार आगामी मङ्सिर २० गतेसम्म म्याद थप गर्न सकिन्छ । साझेदारीमा काम गरेका तीनओटै निर्माण व्यवसायीको विवादले काम अघि बढ्ने आधार देखिएको छैन ।  शहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले ठेकेदार कम्पनीलाई निर्माण सक्न अहिलेसम्म विभिन्न समयमा १० ओटा पत्र काटिसकेको छ । तर ठेकेदार कम्पनीले चासो देखाएका छैनन् । निर्माण व्यवसायी महासंघका अध्यक्षले नै जिम्मा लिएको आयोजनाको काम समयमा नसकिँदा अस्पतालमा सञ्चालन गर्न सकिने उपचार समेत गर्न नसकिएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए । ‘५० शय्या क्षमता भए पनि १५ शøयाको संरचना र पूर्वाधारबाट सेवा दिन बाध्य छौं,’ उनले भने, ‘पुराना र साँघुरा भवनमा अस्पताल सञ्चालन गर्न समस्या भएको छ ।’ कटुवालका अनुसार ३ महीनायता निर्माण शून्य छ । दुई÷चारजना कामदार रहे पनि उनीहरूले अहिलेसम्म गरेको कामको भुक्तानी समेत नपाएको गुनासो गरेका छन् । अहिलेसम्म निर्माण व्यवसायी सम्पर्कमा आएका छैनन् ।