काठमाडौँ । कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेडले सर्वसाधारणलाई छिट्टै सेयर जारी गर्ने भएको छ । कान्तिपुर टेलिभिजन २० औँ वर्ष प्रवेशका अवसरमा हिजो (बिहीबार) आयोजित विशेष समारोहमा केटिभीका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले छिट्टै आईपीओ जारी हुने घोषणा गरेका हुन् । सेयर निष्कासनका लागि सानिमा क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । समारोहमा अध्यक्ष सिरोहिया र सानिमाका प्रमुख कार्यकारी […]