दाङ : दाङमा सोता खोलाले एउटा स्कारपियो बगाएको छ।तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको बा ११ च ९५११ नम्बरको स्कारपियो सौडीयार-सर्रा सडकखण्डमा पर्ने तुलसीपुर उपमहानगरपालिका-१४ को जनकपुरस्थित सोता खोलाले बगाएको हो। खोलाले गाडी करिब १५ मिटर तलसम्म बगाएको थियो।गाडी खोलाले बगाए पनि चालकको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं डीएसपी राजनकुमार गौतमले जानकारी दिए। गाडी पनि खोलाबाट निकालिएको छ। क्षतिको विवतरण भने आउन बाँकी छ। गाडी खाली भएका क
डोटी, जेठ ४ । धनगढीबाट अछाम जाँदै गरेको ना६ख १९८० नम्बरको बस दुर्घटनामा परेको छ । खप्तड मालिका यातायात प्रालिको बस डोटीको पूर्वीचौकी गाउँपालिका–१ तल्लो फुलोटमा दुर्घटनामा परेको हो । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।
बुटवल : पाल्पामा यात्रुबाहक बस दुर्घटना भएको छ।
गुल्मीको सदरमुकाम तम्घासबाट बुटवलका लागि छुटेको लु १ ख ५९५२ नम्बरको बस रिब्दीकोट गाउँपालिका वडा नम्बर २ लघुवामा आइतवार दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेको जानकारी दिए। मानवीय क्षति धेरै…
कालीकोट - मुगुबाट नेपालगञ्ज जाँदै गरेको बस दैलेखको आठबिसकोट नगरपालिका २ सिस्नेमा दुर्घटनामा हुँदा चार जनाको ज्यान गएको छ ।
म १ ख ६६० नम्बरको बस आठबिसकोटको सिस्ने भन्ने ठाउँको सडकबाट कर्णाली नदीमा खसेको हो । दुर्घटनामा आठ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख भुवनेश्वरप्रसाद शाहले जानकारी दिनुभयो ।
दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुल्न सकेको छैन । थप विवरण आउन बाँकी छ ।
कालीकोट - मुगुबाट नेपालगञ्ज जाँदै गरेको बस दैलेखको आठबिस नगरपालिका २ सिस्नेमा दुर्घटनामा हुँदा तीन जनाको ज्यान गएको छ ।
म १ ख ६६० नम्बरको बस आठबिसको सिस्ने भन्ने ठाउँको सडकबाट कर्णाली नदीमा खसेको हो । दुर्घटनामा घाइते भएकामध्ये ३८ जनालाई सुर्खेत रेफर गरिएको र नौ जनाको स्थानीय स्वास्थ्य चौकीमा पठाएको दैलेखका प्रजिअ हरि प्याकुरेलले जानकारी दिनुभयो ।
दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुल्न सकेको छैन । थप विवरण आउन बाँकी छ ।
धादिङमा स्कोरपियो जिप दुर्घटना भएको छ । मंगलबार बिहान धादिङको थाक्रेस्थित आठ किलो भन्ने स्थानमा जिप दुर्घटना भएको थियो । तनहुँबाट काठमाडौँ जाँदै गरेको नेपाली सेनाको नम्बर ३ बाहिनी अड्डाको फौजले फेला पारी घटनास्थलबाट चार जनाको उद्धार गरेको नेपाली सेनाले जनाएको छ । दुर्घटनाको पूर्ण विवरण आउन बाँकी छ ।
काठमाडौं– धादिङमा स्कोरपियो जिप दुर्घटना भएको छ । मंगलबार बिहान धादिङको थाक्रेस्थित आठ किलो भन्ने स्थानमा जिप दुर्घटना भएको थियो । तनहुँबाट काठमाडौं जाँदै गरेको नेपाली सेनाको नम्बर ३ बाहिनी अड्डाको फौजले फेला पारी घटनास्थलबाट चार जनाको उद्धार गरेको नेपाली सेनाले जनाएको छ । दुर्घटनाको पूर्ण विवरण आउन बाँकी छ ।
इचोक : सिन्धुपाल्चोकको हेलम्बु गाँउपालिका इचोकबाट काठमाडौ जाँदै गरेको बा ४ ख ५८१५नम्बरको बस इचोक सहकारी भवन छेउमा दुर्घटना भएको छ।दुर्घटनामा १ जना महिलाको मृत्यु भएको स्थानिय सोम ज्योतीले बताए। करिब १ दर्जन घाइते भएका छन्। घाइतेको उद्दारका लागि प्रहरी र एम्बुलेन्स घटनास्थलमा गइरहेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।
डोटीमा केहीबेरअघि जिप दुर्घटना भएको छ । से. १ज २६५ नम्बरको जिप केआईसिंह गाउँपालिकाको त्रिखत्तरबाट दीपायल जाँदै गर्दा दुर्घटना भएको हो । दुर्घटनापछिको क्षतिसम्बन्धी पूर्ण विवरण आउन बाँकी छ ।...पूरा पढ्नुहोस् »