प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवा बैठकमा अनुपस्थित हुनुलाई अनुचित भएको निर्णय गरेको छ । अमेरिकासँगको एसपीपी सम्झौताको विषयमा छलफलका लागि समितिको आइतबारका लागि तय भएको बैठकमा प्रधानमन्त्रीले अन्तिम समयमा बैठकमा आउन नसक्ने जानकारी गराएका थिए । होहल्ला बीच समिति सभापति पवित्र निरौला खरेलले निर्णय पढेर सुनाएकी थिइन् ।