नारायणी डेभलपमेण्ट बैंकसहित तीन ओटा कम्पनीको शेयरमूल्य उच्च दरमा वृद्धि

जेठ १७, काठमाडौं । साताको दोस्रो कारोबार दिन नारायणी डेभलपमेण्ट बैंकसहित तीन ओटा कम्पनीको शेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । यो दिन सबैभन्दा बढी राधी विद्युत् कम्पनीको शेयरमूल्य अघिल्लो दिनको तुलनामा ९ दशमलव ९८ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार २५६ पुगेको छ । कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेसँगै लगानीकर्ताको आकर्षण बढेको हो ।  त्यसैगरी नारायणी डेभलपमेण्ट बैंकको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९० प्रतिशत र सेन्ट्रल फाइनान्स कम्पनीको ९ दशमलव ६० प्रतिशतले वृद्धि भएको हो । ती तीन ओटै कम्पनीको शेयरमा विक्रेताको तुलनामा खरीदकर्ता धेरै भएकाले शेयरमूल्यमा वृद्धि भएको हो । यो समाचार तयार पार्दाको समय १ : ५६ बजेसम्ममा नारायणी डेभलपमेण्ट बैंकको शेयर मूल्य प्रतिकित्ता रू.७९९ र सेन्ट्रल फाइनान्सको शेयर मूल्य प्रतिकित्ता रू. ३५४ पुगेको छ ।

सम्बन्धित सामग्री

निफ्राको शेयरमा खरीद चाप सर्वाधिक, ४ ओटा कम्पनीको शेयरमूल्य सर्किट लेभलमा वृद्धि

पुस २८, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा) को शेयर खरिद चाप बुधवार उच्च रहेको छ ।  कारोबारको सवा एक घण्टाको अवधिसम्ममा कम्पनीको २१६ ओटा अर्डरबाट ४ लाख ६६ हजार ४४३ कित्ता शेयर खरीद आदेश रहेको छ । उक्त अवधिसम्म निफ्राको शेयर विक्रीकर्ता भने देखिएका छैनन । उच्च खरीद चापका कारण कम्पनीको शेयरमूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशत अर्थात् प्रतिकित्ता रू. ३३ दशमलव ९० ले बढेर अन्तिम मूल्य रू. ३७२ दशमलव ९० कायम भएको छ ।   निफ्रासँगै ४ ओटा कम्पनीको शेयरमूल्य सर्किट लेभलमा वृद्धि    बुधवार निफ्रासँगै चार ओटा कम्पनीको शेयरमूल्य सर्किट लेभलमा बढेको छ । कारोबारको सवा एक घण्टाको अवधिमा निफ्रासँगै कर्पोरेट डेभलपमेन्ट बैंक, मध्य भोटेकाशी जलविद्युत् कमपनी र नारायणी डेभलपमेण्ट बैंकको शेयरमूल्य पनि सर्किट लेभलमा बढेको हो । उक्त अवधिसम्म कर्पोरेट डेभलपमेन्ट बैंकको  शेयरमूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता रू. ५५ ले बढेर अन्तिम मूल्य रू. ६०५ दशमलव २० पुगेको छ भने मध्य भोटेकोशीको ९ दशमलव ९८ प्रतिशत अर्थात् प्रतिकित्ता रू. ३१ दशमलव ३० ले बढेर अन्तिम मूल्य रू. ३४४ दशमलव ८० पुगेको छ ।  त्यस्तै नारायणी डेभलपमेन्ट बैंकको शेयरमुल्य ९ दशमलव ९८ प्रतिशत अर्थात् प्रतिकित्ता रू. ५७ ले बढेर अन्तिम मूल्य रू. ६२७ दशमलव ९० पुगेको छ ।

दोहोरो अंकले बढेको बजारमा १४ ओटा कम्पनीको शेयरमूल्य उच्च दरमा वृद्धि

भदौ १०, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार बजार १७ दशमलव ६० अंकले वृद्धि भएको छ । बजार बढेसँगै कारोबारमा आएका २३२ ओटा कम्पनीमध्ये १४ ओटा कम्पनीको शेयरमूल्य उच्च दरमा वृद्धि भएको छ ।  नारायणी डेभलपमेण्ट बैंक, श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स, गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्स, अरुण भ्याली हाइड्रोपावर, कर्पोरेट डेभलपमेण्ट बैंक, आँखुखोला जलविद्युत् कम्पनी, घलेम्दी हाइड्रो लिमिटेड, जीवन विकास लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको हो ।  त्यसैगरी, खानीखोला हाइड्रोपावरको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशत, सिनर्जी पावर डेभलपमेण्टको ९ दशमलव ८४ प्रतिशत, दिव्यश्वरी हाइड्रोपावरको ९ दशमलव ७१ प्रतिशत, माउण्टेन इनर्जी नेपालको ९ दशमलव २९ प्रतिशत, मल्टीपर्पस फाइनान्सको ९ दशमलव १३ प्रतिशत र रिलायन्स फाइनान्सको शेयरमूल्य ९ दशमलव १३ प्रतिशतको दरले वृद्धि भएको हो ।  रिलायन्स फाइनान्सको शेयरमूल्य प्रतिकित्ता रू. ७५३, मल्टीपर्पस फाइनान्सको रू. ६४४, माउण्टेन इनर्जी नेपालको रू. १ हजार ५३०, दिव्यश्वरी हाइड्रोपावरको रू. ४१७ पुगेको छ । त्यसैगरी नारायणी डेभलपमेण्ट बैंकको शेयरमूल्य रू. १ हजार ३४, श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको रू. ६८२, गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्सको रू. ७०२ दशमलव ९०, अरुण भ्याली हाइड्रोपावरको रू. ७२० दशमलव ५०, कर्पोरेट डेभलपमेण्ट बैंकको रू. १ हजार ८२ दशमलव ४०, आँखुखोला हाइड्रोपावरको रू. ४३१ दशमलव २०, घलेम्दी हाइड्रोपावरको रू. ४५५ दशमलव ४०, जीवन विकास लघुवित्तको रू. ५ हजार १९८ दशमलव ९०,  खानीखोला हाइड्रोपावरको रू. ३९३ र सिनर्जी पावरको शेयरमूल्य प्रतिकित्ता रू. ६१४ पुगेको हो ।   लगातार तीन दिन घटेको बजारमा बिहीवार पुनः खरीदकर्ताहरु आकर्षित भएसँगै समग्र बजार बढेको हो । आज अधिकांश हाइड्रोपावर कम्पनीको शेयरमूल्य उच्च दरले वृद्धि भएको छ । केही दिन अगाडि विद्युत् नियमन आयोगले विभिन्न सूचकहरु अध्ययन गरेर मात्रै लगानी गर्न आग्रह गरेसँगै हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा उच्च गिरावट आएको थियो ।  पछिल्लो समय हाइड्रोपावर कम्पनीहरुले साधारण सभा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव राखेर साधारण सभा बोलाएको लगानीकर्ताका आकर्षण हाइड्रोपावर कम्पनीको शेयरमा परेको देखिन्छ । सोही कारण आज हाइड्रोपावर समूहको परिसूचक ४ दशमलव ८३ प्रतिशत वृद्धि भएको छ ।

४ ओटा कम्पनीको शेयरमूल्यमा उच्च गिरावट, क- कसको शेयरमूल्य घट्यो ?

जेठ २३, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार नेप्सेमा कारोबारमा आएका २१८ ओटा कम्पनीमध्ये सबैभन्दा बढी चार ओटा कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ ।  ती कम्पनीमध्ये सबैभन्दा बढी राधी विद्युत् कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको हो । योदिन कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ८ दशमलव ५६ प्रतिशतले कमि आएको छ । योदिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ४७ मा झरेको हो । कम्पनीले बोनस शेयर वितरणपछि कायम चुक्तापूँजीको १४७ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएसँगै शेयरमूल्य प्रतिकित्ता  रू. १ हजार ३०० भन्दा माथि पुगेको थियो ।  त्यसैगरी दोस्रोमा दिब्यशवरी हाइड्रोपावर कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ६ दशमलव ९१ प्रतिशत,नारायणी डेभलपमेण्ट बैंकको ५ दशमलव ९७ प्रतिशत र आँखुखोला जलविद्युत् कम्पनीको शेयरमूल्य ५ दशमलव ४९ प्रतिशतले कमि आएको छ । दिब्यश्वरी हाइड्रोपावर कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.२२९,नारायणी डेभलपमेण्ट बैंकको रू.७२४  र आँखुखोला जलविद्युत् कम्पनीको रू. २४१ पुगेको छ ।  केहि दिनदेखि हाइड्रोपावर समूह र बैंक समुहको शेयर मूल्यमा सर्किट लेबलमा वृद्धि हुँदै आएको थियो  ।   बढेको बजारमा लगानीकर्ताले नाफा बुक गर्न लागेसँगै हाइड्रोपावर समूहका कम्पनीहरुमा गिरावट आएको हो । आइतवार केहि विकास बैंकहरुको शेयरमूल्यमा पनि गिरावट आएको छ । नारायणी विकास बैंकको शेयरमूल्य पनि विगत लामो समयदेखि वृद्धि हुँदै आएको छ । उक्त कम्पनीको शेयरमा लगानीकर्ताहरुले योदिन नाफा बुक गरेको देखिएको छ । पछिल्लो समयदेखि लगानीकर्ताहरुले समूहगत लगानी गर्न थालेका छन् । योदिन हाइड्रोपावर समूह,विकास बैंक समूह र वित्त समूहका कम्पनीहरुको शेयर मूल्यमा उच्च दरमा वृद्धि भएसँगै आइतवारदेखि लगानीकर्ताहरु फेरि बैंकिङ समूहमा लागेका छन् । सोही कारण अधिकांश वाणिज्य बैंकहरुको शेयरमूल्यमा वृद्धि भएको छ । आइतवार बजार बढेसँगै नेप्सेले नयाँ रेकर्ड बे्रक गरेको छ ।

उच्च दरमा मूल्य बढ्ने यी हुन् एक दर्जन कम्पनीहरु, कसको कति बढ्यो ?

वैशाख २९, काठमाडौं । साताको चौथो  कारोबार दिन बुधवार भएको शेयर कारोबारमा एक दर्जन कम्पनीको शेयर मूल्य उच्च दरमा बढेको छ ।  नारायणी डेभलपमेण्ट बैंक, बोटलर्स नेपाल तराई र आँखुखोला जलविद्युतको शेयरमूल्य यस दिन १० प्रतिशतले बढेको छ भने अन्य नौ ओटा कम्पनीको शेयर मूल्य भने नौ प्रतिशतभन्दा बढीले वृद्धि भएको  छ ।  यो दिन विशाल बजार कम्पनीको ९ दशमलव ९९ प्रतिशत, रूरू जलविदुतको ९ दशमलव ९७ प्रतिशत, समता घरेलु लघुवित्तको ९ दशमलव ९६ प्रतिशत, खानीखोला हाइड्रोपावरको ९ दशमलव ९४ प्रतिशत, युनियन हाइड्रोपावरको ९ दशमलव ९४ प्रतिशतले बढेको हो । यसैगरी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्टको ९ दशमलव ७१ प्रतिशत, दिव्यश्वरी हाइड्रोपावरको ९ दशमलव ६८ प्रतिशत, युनिलिभर नेपालको ९ दशमलव ६२ प्रतिशत र जोशी हाइड्रोपावरको ९ दशमलव ५२ प्रतिशतले बढेको हो ।

बजार घटेसँगै ५ ओटा कम्पनीको शेयर मूल्यमा गिरावट, क - कसको घट्यो ?

वैशाख ८, काठमाडौं । नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा बुधवार  ३२ दशमलव ४१ अंक घटेको छ । सोही कारण पाँच ओटा कम्पनीको शेयर मूल्यमा उच्च गिरावट आएको छ ।  सबैभन्दा बढी लिवर्टी इनर्जी कम्पनी लिमिटेडको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ५ दशमलव १७ प्रतिशत घटेको छ । उक्त कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ३३० मा झरेको छ ।  त्यसैगरी दोस्रोमा हिमालयन पावर पार्टनरको शेयर मूल्य ४ दशमलव १९ प्रतिशत, नारायणी डेभलपमेण्ट बैंकको ३ दशमलव ७२ प्रतिशत,आइसीएफसी फाइनान्सको ३ दशमलव ६१ प्रतिशत र पाँचथर पावर कम्पनीको शेयर मूल्य ३ दशमलव ५५ प्रतिशतले घटेको हो ।  ती पाँच ओटै कम्पनीको शेयर मूल्य बजार बढ्दा सर्किट लेबलमा वृद्धि भएको थियो । बजार घट्न लागेसँगै लगानीकर्ताले नाफा बुक गरेकाले शेयर मूल्यमा गिरावट आएको हो ।                                                                 स्रोत : नेपाल स्टक एक्सेचञ्ज (नेप्से)