वैशाख २९, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार भएको शेयर कारोबारमा एक दर्जन कम्पनीको शेयर मूल्य उच्च दरमा बढेको छ ।
नारायणी डेभलपमेण्ट बैंक, बोटलर्स नेपाल तराई र आँखुखोला जलविद्युतको शेयरमूल्य यस दिन १० प्रतिशतले बढेको छ भने अन्य नौ ओटा कम्पनीको शेयर मूल्य भने नौ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
यो दिन विशाल बजार कम्पनीको ९ दशमलव ९९ प्रतिशत, रूरू जलविदुतको ९ दशमलव ९७ प्रतिशत, समता घरेलु लघुवित्तको ९ दशमलव ९६ प्रतिशत, खानीखोला हाइड्रोपावरको ९ दशमलव ९४ प्रतिशत, युनियन हाइड्रोपावरको ९ दशमलव ९४ प्रतिशतले बढेको हो ।
यसैगरी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्टको ९ दशमलव ७१ प्रतिशत, दिव्यश्वरी हाइड्रोपावरको ९ दशमलव ६८ प्रतिशत, युनिलिभर नेपालको ९ दशमलव ६२ प्रतिशत र जोशी हाइड्रोपावरको ९ दशमलव ५२ प्रतिशतले बढेको हो ।