प्रभु सेलेक्ट फण्डद्वारा प्रतिफल वितरण

काठमाडौं । प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्डले यस वर्षको प्रतिफल वितरण गरेको छ । कम्पनीले यस वर्ष करसमेत ९ दशमलव ५० प्रतिशत प्रतिफल वितरण गरेको हो । प्रतिफल प्रयोजनका लागि योजनाले यही असोज १२ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा असोज १२ गतेभन्दा अघिल्लो कारोबार दिनसम्म कायम इकाईधनीहरूको बैंक खातामै प्रतिफल वितरण गरिएको जानकारी योजनाले गराएको हो । यसर्थ आफ्नो बैंक खातामा प्रतिफल जम्मा भए/नभएको यकिन गर्नसमेत योजनाले अनुरोध गरेको छ ।  बैंक खातामै प्रतिफल जम्मा गरिने भएकाले हालसम्म आफ्नो हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक नगराएका सदस्यहरूलाई यथाशीघ्र गराउनसमेत योजनाले अनुरोध गरेको छ । असोज १२ गतेसम्म आफ्नो इकाई धितो राखी कर्जा लिएका इकाईधनीहरूको हकमा प्रतिफल प्राप्त गर्नका लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृतिपत्र प्रभु क्यापिटल लिमिटेडमा पेस गर्नसमेत योजना व्यवस्थापकले आग्रह गरेको छ । यस योजनाले पहिलो पटक प्रतिफल वितरण गरेको हो । यस योजना सञ्चालनका लागि २०७८ जेठ १४ गते १२ करोड ५० लाख इकाई विक्री गरिएको थियो । सात वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य साउन मसान्तसम्म १० रुपैयाँ ९० पैसा रहेको छ । सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्