लुम्बिनी प्रदेशमा तीन महानगरपालिका बनाइने

लुम्बिनी प्रदेशले चार वटा उपमहानगरपालिका समेट्ने गरी तीन महानगरपालिका बनाउन आवश्यक तयारी गर्न बजेट विनियोजन गरेको छ

सम्बन्धित सामग्री

१३४८ जनालाई स्टील फ्याब्रिकेशन तालिम दिंदै  हुलास स्टील

काठमाडौं । नेपालमा सन् १९८१ देखि ग्रीनफिल्ड भेन्चर कोमक्राफ्ट र गोल्छा समूहले संयुक्त रुपमा सञ्चालन गरेको हुलास स्टीलले १३४८ जनालाई हिप्को सुपरबिल्ड स्टील फ्याब्रिकेशन तालिम दिने भएको छ । यसको साझेदारी नेपाल उद्योग परिसंघ र मेक ईन नेपाल (स्वदेशी) अभियानले गरेको छ ।  कार्यक्रमलाई दिवाकर गोल्छा कर्परेशन अन्तर्गत हुलास स्टील उद्योग लिमिटेड र हिप्को सुपरबिल्डले संयुक्त रुपमा कार्यान्वयन गर्दै आईरहेको छ । यस कार्यक्रमले १३४८ जनालाई श्रम बजारको माग अनुरुप तालिम र रोजगार दिन लागेको हो । “गुराँस“ छाप  कर्कट जस्तापाता, अलुमिनियुम पाईप र स्टील संरचना उत्पादनको उच्च गुणस्तरताको रुपमा चिनिने गरेको छ ।  हिप्को सुपरबिल्ड हुलास स्टील कै एउटा नविन उद्योगको रुपमा रहेको छ । हिप्को सुपरबिल्ड स्टील संरचना उत्पादन गर्ने पहिलो उद्योग र सम्पूर्ण स्टील उत्पादन क्षमता भएको मुलुककै एक मात्र उद्योगको रुपमा रहेको छ । यस उद्योगको उत्पादनबाट नेपालभर ठुला स्टील संरचनाका व्यवसायिक भवन, भण्डारण, सोरुम, पोल्ट्री फार्म र हवाई ह्याङ्गरहरु बनेका छन् । हुलास स्टील – हिप्को सुपरबिल्ड स्टील फ्याब्रिकेशन तालिम तथा रोजगार कार्यक्रमले नेपालको श्रम बजारको प्रमुख चुनौतिहरुलाई समाधान गर्न बेलायत सरकारद्वारा सहयोगार्थ रोजगारका लागि सीप कार्यक्रम नेपालको लुम्बिनी र मधेश प्रदेशमा कार्यान्वयन हुँदै आएको छ ।  तालिम सात दिनको अवधि भरि रहने छ । भने तालिम बिरगंज महानगरपालिका वडा नं ३१ बेलवा परसौनीस्थित हिप्को सुपरबिल्डको कारखानामा दिन लागिएको हो । यो तालिम बिशेष गरि स्टील / फलामका श्रमिक, महिला, अति निम्न आय भएका व्यक्ति र बिपन्न वर्गलाई लक्षित गरिएको जनाईएको छ । तालिममा नेपाली नागरिकता भएका तथा मधेश प्रदेश र लुम्बिनी प्रदेशमा स्थाई वा अस्थाई रुपमा बसोबास गरिरहेकाहरु सहभागी हुन सक्नेछन् । असार २०८० देखि कार्तिकसम्म सञ्चालन हुने तालिमले निर्माण र निर्माण सामग्री उत्पादन गर्ने निजी क्षेत्रका कलकारखानाहरुलाई आफ्नो व्यवसायको माग अनुसारको दक्ष कामदार प्रदान गर्दछ ।  ईच्छुक र योग्य व्यक्तिहरुले कृपया यहाँ दिएको फारम भर्न सक्नु हुनेछ ।

लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै दुर्घटनामा ६ जनाको मृत्यु

लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।  दुर्घटनामा ३ जना घाइते भएका छन् । लुम्बिनी प्रदेश कार्यालय दाङका अनुसार पछिल्लो २४ घण्टामा बाँके, कपिलवस्तु, रुपन्देही जिल्लामा भएका छुट्टाछुट्टै घटनामा ६ जनाको मृत्यु भएको हो । बाँकेमा करेन्ट लागेर  र डुबेर २ जना, कपिलवस्तुमा सर्पले टोकेर १ जना र रुपन्देहीमा सवारी दुर्घटनामा परेर १ जनाको मृत्यु भएको छ ।  बाँकेको नेपालगन्ज उप–महानगरपालिका–१७ मा अटो रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर बव्लु कलावर

स्थानीय तहमा १४ हजार ४०२ जना महिला निर्वाचित  :  निर्वाचन आयोग

जेठ १२, काठमाडौं ।  स्थानीय तह निर्वाचनमा १४ हजार ४०२ जना महिला निर्वाचित भएका छन् । हालसम्म परिणाम सार्वजनिक भएका पालिकाको अन्तिम मतपरिणामका आधारमा निर्विरोधसहित उक्त संख्यामा महिला निर्वाचित भएका हुन् ।  सो आँकडाका आधारमा ४० दशमलव ८९ प्रतिशत हुन्छ । निर्वाचनमा ५५ हजार ६९९  जना महिला उम्मेदवार रहेका थिए । कुल ७५३ स्थानीय तहमा ३५ हजार २२१ ओटा पद रहेका छन् ।             निर्वाचन आयोगको सूचना प्रणालीमा बिहीवार साँझसम्म प्रविष्ट भएको परिणामअनुसार तीन ओटा पालिकामा प्रमुख र उपप्रमुख दुवै जना महिला निर्वाचित भएका छन् । सोमध्ये झापाको गौरीगञ्ज गाउँपालिका प्रमुखमा फूलवती राजवंशी र उपप्रमुखमा पुजन न्यौपाने कुँवर निर्वाचित भएका छन् । राजवंशी नेपाली कांग्रेस र न्यौपाने नेकपा (एमाले) बाट उम्मेदवार बनेका थिए।             दैलेखको भैरवी गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा महिला निर्वाचित भएका छन् । सो पालिकाको प्रमुखमा रीता शाही र उपप्रमुखमा देवी भण्डारी निर्वाचित भएकी छन् । दुवै जनाले नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका थिए ।             कैलालीको लम्की–चुहा नगरपालिका प्रमुख र उपप्रमुख दुवै पदमा महिला निर्वाचित भएका छन् । सो नगरपालिका प्रमुखमा सुशीला शाही र उपप्रमुख पदमा जुना चौधरी निर्वाचित भएकी छन्। प्रमुख कांग्रेसबाट र उपप्रमुख एमालेबाट उम्मेदवारी दिएका थिए ।            प्रदेशगत आधारमा निर्वाचित महिला             प्रदेश १ मा ८ हजार १९६ उम्मेदवार भएकामा २ हजार ४५५ जना महिला निर्वाचित भएका छन् । मधेस प्रदेशमा १५ हजार ७८० उम्मेदवार रहेकामा २ हजार ७७० जना निर्वाचित भए ।। सोहीअनुसार बागमती प्रदेशमा ८ हजार ३४४ महिला उम्मेदवार रहेकामा २ हजार ३४७ जना निर्वाचित भए।             गण्डकी प्रदेशमा ४ हजार ६४९ महिला उम्मेदवार रहेकामा १ हजार ६२२ जना निर्वाचित हुन सफल भए । सोहीअनुसार लुम्बिनी प्रदेशमा ८ हजार ७६७ महिला उम्मेदवार रहेकामा २ हजार १२४ जना निर्वाचित हुन सफल भए।             आयोगको तथ्याङ्कअनुसार कर्णाली प्रदेशमा ४ हजार ८७८ महिला उम्मेदवार रहेकामा १ हजार ५२४ जना निर्वाचित  भए। त्यस्तै, सुदूरपश्चिम प्रदेशमा ५ हजार ८५ उम्मेदवार रहेकामा १ हजार ५६० जना निर्वाचित भए ।            प्रमुख पदमा महिला             देशभरबाट २५ ओटा पालिका प्रमुखमा महिला निर्वाचित भएका छन् । आयोगको तथ्याङ्कअनुसार झापाको विर्तामोड नगरपालिका प्रमुखमा पवित्रा महतारा निर्वाचित भएकी छन् । त्यस्तै झापाकै गौरीगञ्ज गाउँपालिका प्रमुखमा फूलवती राजवंशी निर्वाचित भइन् ।          मोरङको कानेपोखरी गाउँपालिका प्रमुखमा राजमति इङनाम निर्वाचित भएकी छन्। सोलुखुम्बुको लिखु पिके गाउँपालिका प्रमुखमा मीनादेवी कार्की निर्वाचित भएकी छन् । खोटाङको जन्तेढुङ्गा गाउँपालिका प्रमुखमा अरुणादेवी राई विजयी भएकी छन्। सोही जिल्लाको हलेसी तुवाचुङ नगरपालिका प्रमुखमा विमला राई निर्वाचित भइन्।             सप्तरीको सुरुङ्गा नगरपालिका प्रमुखमा गीता चौधरी निर्वाचित भएकी छन् । सर्लाहीको बरहथवा नगरपालिका प्रमुखमा कल्पनाकुमारी कटुवाल निर्वाचित भइन्।             त्यस्तै रौतहटको ईशनाथ नगरपालिका प्रमुखमा कौशल्या देवी र सोही जिल्लाको मौलापुर नगरपालिका प्रमुखमा रिनाकुमारी साह निर्वाचित भइन् ।             सिन्धुलीको फिक्कल गाउँपालिका प्रमुखमा पार्वती सुनुवार निर्वाचित भइन् । सोही जिल्लाको सुनकोसी गाउँपालिका प्रमुखमा दीपा बोहरा दाहाल निर्वाचित हभइन् । काभ्रेपलाञ्चोकको चौंरीदेउराली गाउँपालिका प्रमुखमा रेणुका चौलागाईं, मकवानपुरको हेटौंडा उपमहानगरपालिका प्रमुखमा मीना लामा, चितवनको भरतपुर महानगरपालिका प्रमुखमा रेणु दाहाल र सोही जिल्लाको माडी नगरपालिका प्रमुखमा ताराकुमारी काजी महतो (थारु), निर्वाचित भएकी छन् ।             नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिका प्रमुखमा लक्ष्मी पाण्डे, सोही जिल्लाको सुनवल नगरपालिका प्रमुखमा विमला अर्याल, बागलुङको बडिगाड गाउँपालिका प्रमुखमा गण्डकी थापा अधिकारी निर्वाचित भएका छन् ।             त्यस्तै पर्वतको मोदी गाउँपालिकामा हीरादेवी शर्मा निर्वाचित भएकी छन् । पाल्पाको बगनासकाली गाउँपालिका प्रमुखमा सरस्वती दर्लामी, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका प्रमुखमा मोहनमाया ढकाल र अछामको पञ्चदेवल विनायक नगरपालिका प्रमुखमा अम्बिका चलाउने निर्वाचित भएका छन् ।             दैलेखको भैरवी गाउँपालिका प्रमुखमा रीताकुमारी शाही निर्वाचित भएकी छन् । सोहीअनुसार कैलालीको लम्की–चुहा नगरपालिका प्रमुखमा सुशीला शाही निर्वाचित भएकी छन् ।             आयोगको तथ्याङ्कअनुसार दलित महिला सदस्यमा १२३ स्थानीय तह खाली रहेको छ । त्यस्तै एक जना महिला सदस्य स्थानीय तहमा खाली रहेको छ ।             काठमाडौं महानगरपालिका, उदयपुरको त्रियुगा नगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका र बाजुराको बूढीगङ्गा नगरपालिकाको परिणाम आउन बाँकी नै रहेको छ । रासस

७४९ ओटा पालिकाको मतपरिणाम सार्वजनिक : काठमाडौं महानगरसहित ४ ओटाको बाँकी

जेठ १२, काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत अब काठमाडौं महानगरपालिकासहित चार पालिकाको अन्तिम परिणाम आउन बाँकी रहेको छ ।            गत वैशाख ३० गते भएको निर्वाचनको मतगणनाबाट ७५३ पालिकामध्ये ४६० गाउँपालिका र २८९ नगरपालिका गरी ७४९ ओटा पालिकाको अन्तिम मतपरिणाम निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भइसकेको छ ।            बिहीवार दिउँसो १ बजेसम्मको विवरणमा मतगणना जारी रहेकामध्ये अन्तिमपरिणाम आउन बाँकी पालिकामा वाग्मती प्रदेशमा काठमाडौं महानगरपालिका, प्रदेश नं १ मा उदयपुरको त्रियुगा नगरपालिका र लुम्बिनी प्रदेशमा रुपन्देहीको तिलोत्तमा नगरपालिका रहेको छ ।  सुदूरपश्चिमको बाजुराको बुढीगङ्गा नगरपालिकामा भएको मतदानबारे विवाद भएकाले पुनः मतदान या वैशाख ३० गतेको मतदानका आधारमा गणना भन्ने बारेमा आयोगले चाँडै निर्णय गर्ने बताएको छ । रासस

महालक्ष्मी विकास बैंकद्वारा शैक्षिक सामाग्री प्रदान

महालक्ष्मी विकास बैंकको  सातदोबाटो शाखाले शैक्षिक सामाग्री प्रदान गरेको छ । शाखाले ललितपुर महानगरपालिका वडा नं. १४ लोहाचोक मा रहेको  चोईना विणा गुरु गणेश आधारभुत विद्यालयलमा अध्ययनरत छात्र  छात्राहरुलाई विभिन्न आधारभुत शैक्षिक सामाग्री एवं खानेपानी को लागी आवश्यक उपकरण सहयोग स्वरुप प्रदान गरेको हो ।कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भिम प्रसाद गेलाल एवं विद्यालय संचालक समितिका अध्यक्ष दिनेश अछामीले बैंकले गरेको सहयोग प्रति आभार प्रकट गर्नुका साथै यस किसीमको सहयोगले विद्यालय एवं बालबालिकाको शैक्षिक स्थरको बिकासमा टेवा पुग्ने बताए । बालबालिकाहरु राष्ट्र निर्माणका आधार भएको बताउदै सातदोबाटोका शाखा प्रबन्धक प्रसन्न सुबेदीले बालबालिकाहरुको शैक्षिक अभिवृद्घीमा बैंक सधै कटिबद्घ रहेको बताए। आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु अझै प्रभावकारी रुपमा संचालन गर्ने बैंकले जनाएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिक रुपमा समाजलाई योगदान पु¥याउने उद्देश्यका साथ “एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम” संचालन गर्दै आइरहेको छ । बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत सेवा प्रदान गर्दै आएको छ ।

लुम्बिनी प्रदेशमा तीन महानगरपालिका बनाउने योजना

बुटवल । लुम्बिनी प्रदेशमा तीन वटा महानगरपालिका बनाउने योजना वर्षौंदेखिको हो । संघीय संरचना अनुसार प्रदेश सरकार स्थापना भएको सुरुकै वर्ष तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलले विभिन्न नगरपालिका समेटेर महानगर बनाउने जनाएका थिए । तर त्यसबारे अहिलेसम्म प्रगति शून्य छ ।आर्थिक वर्ष ०७५/०७६ मा साविकका बुटवल–भैरहवा, नेपालगञ्ज–कोहलपुर र घोराही–तुल्सीपुरलाई महानगरको रुपमा विकास गर्ने भन्दै नीति तथा कार्यक्रममा समावेश भएको थियो । तर अहिलेसम्म त्यसबारे ठोस काम हुन सकेको छैन ।प्रदेश सरकारले आर

कहिले बन्छन् लुम्बिनीमा तीन महानगर ?

रुपन्देही । लुम्बिनी प्रदेशमा तीन वटा महानगरपालिका बनाउने तयारी भएको धेरै भयो । प्रादेशिक संरचनामा जाँदा साविकका लुम्बिनी, राप्ती र भेरी अञ्चलका १२ जिल्लालाई समेटेर यो प्रदेश बनाइएको थियो । साविकका तीन अञ्चलका मुख्य शहरमा तीनवटा महानगर बनाउनेगरी शुरुवात गर्न खोजिएपनि त्यसले मूर्त रुप पाउन सकेको छैन । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को […]

मेगा बैंकको एकैदिन ६ वटा नयाँ शाखा विस्तार, थप १० वटा शाखाहरु विस्तारको क्रममा

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले शुक्रबार एकैदिन ६ वटा नयाँ शाखा विस्तार गरेको छ । बैंकले प्रदेश नम्बर १ मा १, वागमती प्रदेशमा ३, लुम्बिनी प्रदेशमा १ र सुदूरपश्चिम प्रदेशमा १ गरी जम्मा ६ वटा नयाँ शाखाहरु विस्तार गरेको हो । प्रदेश नम्बर १ मा सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर १६ स्थित लविपुरमा बैंकले नयाँ शाखा खोलेको छ । वागमती प्रदेशमा नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ बट्टारमा, चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ७ विकास चोकमा र सोही महानगरपालिकाको वडा नम्बर १० भरतपुर हाइटमा