महालक्ष्मी विकास बैंकद्वारा शैक्षिक सामाग्री प्रदान

महालक्ष्मी विकास बैंकको  सातदोबाटो शाखाले शैक्षिक सामाग्री प्रदान गरेको छ । शाखाले ललितपुर महानगरपालिका वडा नं. १४ लोहाचोक मा रहेको  चोईना विणा गुरु गणेश आधारभुत विद्यालयलमा अध्ययनरत छात्र  छात्राहरुलाई विभिन्न आधारभुत शैक्षिक सामाग्री एवं खानेपानी को लागी आवश्यक उपकरण सहयोग स्वरुप प्रदान गरेको हो ।कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भिम प्रसाद गेलाल एवं विद्यालय संचालक समितिका अध्यक्ष दिनेश अछामीले बैंकले गरेको सहयोग प्रति आभार प्रकट गर्नुका साथै यस किसीमको सहयोगले विद्यालय एवं बालबालिकाको शैक्षिक स्थरको बिकासमा टेवा पुग्ने बताए । बालबालिकाहरु राष्ट्र निर्माणका आधार भएको बताउदै सातदोबाटोका शाखा प्रबन्धक प्रसन्न सुबेदीले बालबालिकाहरुको शैक्षिक अभिवृद्घीमा बैंक सधै कटिबद्घ रहेको बताए। आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु अझै प्रभावकारी रुपमा संचालन गर्ने बैंकले जनाएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिक रुपमा समाजलाई योगदान पु¥याउने उद्देश्यका साथ “एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम” संचालन गर्दै आइरहेको छ । बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत सेवा प्रदान गर्दै आएको छ । 

सम्बन्धित सामग्री

महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा शैक्षिक सामाग्री सहयोग

महालक्ष्मी विकास बैंकले ललितपुर महानगरपालिकाको श्री चोइना विणा गुरु गणेश आधारभूत विद्यालयलर्लाइ शैक्षिक सामग्री सहयोग गरेको छ ।बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महानगरपालिकाको वडा नं. १४ लोहाचोक मा रहेको सो विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि आवश्यक शैक्षिक सामग्री र खानेपानीको उपकरण वितरण गरेको हो ।बैंकले प्रदेश–१ मा ५, मधेश प्रदेशमा १५, बागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा […]