हिमालयन जनरल इन्स्योरेन्स र समता घरेलु लघुवित्तको बोनस शेयर सूचीकृत

वैशाख १९, काठमाडौं ।दुई ओटा अलग - अलग कम्पनीको बोनस शेयर  सोमवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र समता घरेलु लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको हो । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको ७ लाख ३१ हजार ७२४ कित्ता र समता घरेलु लघुवित्तको ५ लाख ७१ हजार २४० दशमलव ३२ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले फागुन ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ६ दशमलव ६५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । त्यसैगरी समता घरेलु लघुवित्तले पुस ७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।