हिउँ चितुवा संरक्षण उपसमिति घुन्साकी अध्यक्ष पेञ्जोक्ला शेर्पा यतिबेला खुसीको सन्देश प्रवाह गरिरहेकी छन् । ४२ सय मिटर उचाईको खम्बाछेनमा हिउँ चितुवा ट्र्याक गर्न राखिएको क्यामेरामा सात दिनमा दुईवटा हिउँ चितुवा रेकर्ड भएपछि उनले यो सन्देश गाउँदेखि सहरसम्म प्रवाह गरिरहेकी हुन् ।