४५ वटा च्याङ्ग्रा मारेर खाँदै गरेको हिउँ चितुवा च्याङ्ग्रा कै खोरमा भेटिएपछि...

च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्रा कै खोरमा थुनिएको छ । मनाङको नार्पा भूमि गाउँपालिकास्थित फु गाउँमा रहेको फु हिमालयन च्याङ्ग्रा पालन कृषक समूहको च्याङ्ग्रा गोठमा मङ्गलबार राति हिउँ चितुवाले ४५ वटा च्याङ्ग्रा मारेको समूहका सचिव विकास बरामले जानकारी दिए ।     बुधबार बिहान ७ बजेको समयमा च्याङ्ग्राको गोठमा पुगेका गोठालोले चितुवाले खोरभित्रै च्याङ्ग्रा खाँदै गरेको अवस्थामा भेटेका थिए । सोही समयमा गोठालोले च्याङ्ग्रा खोरको ढोका लगाइदिए पछि खोरभित्रै हिँउ चितुवा थुनिएक

सम्बन्धित सामग्री

डाेल्पा : एकै रातमा चितुवाले लाखौँको क्षति गर्ने गरेको पशुपालकको गुनासो

काठमाण्डाै - डोल्पामा हिउँ चितुवा र मानव द्वन्द्व बढ्दै गएको छ । हिउँ चितुवाले भेडा–च्याङ्ग्रा तथा चौरी मार्ने घटना बढेपछि हिउँ चितुवा र मानवबीचको द्वन्द्व बढ्दै गएको हो । केही समय अघि डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका वडा नम्बर १ का डाक्वा गुरुङका ५२ वटा च्याङ्ग्रा हिउँ चितुवाले एकै रात मार्यो । त्योभन्दा अघि अर्का किसान प्रेमा गुरुङका ९८ वटा भेडाच्याङ्ग्रा हिउँ चितुवाको आक्रमणमा मारिए । यसरी हिउँ चितुवाले गोठभरकै पशुचौपाया मारेपछि किसान पीडित हुनुको साथै द्वन्द्व पनि बढेको हो । आधा समय हिउँले ढाक्ने उप...

हिउँ चितुवाको संख्यामा वृद्धिसँगै द्वन्द्व बढ्दै

विसं २०७७ फागुन २८ गते उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–१ कोमासस्थित डाक्वा गुरुङका ५२ च्याङ्ग्रा हिउँ चितुवाको आक्रमणमा परी मरे । गोठमै हिउँ चितुवा पसेपछि च्याङ्ग्रा सबै मारिए । विसं २०७८ माघ २३ गते राति साल्दाङ्कै लुरी गाउँका अर्का किसान प्रेमा गुरुङका ९८ वटा भेडाच्याङ्ग्रा हिउँ चितुवाको आक्रमण परेको थियो । वर्षेनी यहाँका किसानले पालेका भेडाच्याङ्ग्रा हिउँ चितुवाको सिकार बन्दै आएका छन् । करिव २५ हजारभन्दा बढी भेडाच्याङ्ग्रा रहेको उपल्लो डोल्पामा हिउँ शे–फोक्सुण्ड

हिउँ चितुवाको सङ्ख्यामा वृद्धि

जाजरकोट– विसं २०७७ फागुन २८ गते उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–१ कोमासस्थित डाक्वा गुरुङका ५२ च्याङ्ग्रा हिउँ चितुवाको आक्रमणमा परी मरे । गोठमै हिउँ चितुवा पसेपछि च्याङ्ग्रा सबै मारिए । विसं २०७८ माघ २३ गते राति साल्दाङ्कै लुरी गाउँका अर्का किसान प्रेमा गुरुङका ९८ वटा भेडाच्याङ्ग्रा हिउँ चितुवाको आक्रमण परेको थियो ।  वर्षेनी यहाँका किसानले पालेका […]

च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्राकै खोरमा थुनिएपछि...

हिउँ चितुवालाई सम्बन्धित निकायमा लैजाने तयारी गरिएको र उद्धारका लागि आवश्यक सामग्री नहुँदा खोरभित्रै हिउँ चितुवा थुनिएर बसेको जनाइएको छ।

च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्राकै खोरमा थुनिएपछि

बुधबार बिहान ७ बजेको समयमा च्याङ्ग्राको गोठमा पुगेका गोठालोले चितुवाले खोरभित्रै च्याङ्ग्रा खाँदै गरेको अवस्थामा भेटेका थिए । सोही समयमा गोठालोले च्याङ्ग्रा खोरको ढोका लगाइदिएपछि खोरभित्रै हिँउ चितुवा थुनिएको हो