साउदी अरेबिया पुगेका जर्मन चान्सलर ओलाफ शुल्ट्जले शनिबार युवराज मोहम्मद बिन सलमानसँग भेट गरेका छन् । समाचार एजेन्सी एएफपीका अनुसार जर्मन चान्सलर युक्रेनमा रुसको हमलाका कारण प्रभावित भएको आपूर्ति मर्मत गर्नका लागि खाडी देशहरूसँग नयाँ ऊर्जा साझेदारी गर्न इच्छुक छन् ।साउदी अरेबियाको यसमा विशेष भूमिका छ किनभने यो क्षेत्रमा ऊ तेलको ठूलो निर्यातक हो र त्यसैले जर्मन चान्सलर युवराजसँग सम्बन्ध बलियो बनाउन चाहन्छन् । सरकारी स्रोतका अनुसार जर्मनीले नवीकरणीय ऊर्जा प्रयोग गरी हरित हाइड्रोजन बनाउने जस्ता नयाँ