‘जो चाहीँ हुने खाने छन्, उनीहरू ८०–८५ वर्षसम्म बाँचिरहेका छन्, सरदरभन्दा पनि माथि । जो चाहीँ गरिब छन्, दूरदराजमा बस्छन्, उनीहरूको सरदर आयु ७१ वर्ष पनि छैन । उनीहरू ७० नै पुग्न पाउँदैनन् । त्यो अवस्थामा त्यो समूह वृद्धभत्ताबाट बञ्चित हुनुपरेको छ । त्यसो हुनाले उहाँहरूलाई लक्षित गरेर हामीले ६५ वर्षदेखि नै वृद्धभत्ता दिने हाम्रो अठोट छ, हाम्रो सरकार आएपछि कार्यान्वयन गर्छौं ।’