बागलुङ । बागलुङ नगरपालिका–१४ अर्माहाका किसानले झण्डै साढे २०० रोपनी जग्गा एकीकृत गरी व्यावसायिक कागतीखेती गर्दै आएका छन् । ‘चासो कृषक समूह’मा आबद्ध ६२ किसानले बागलुङ–१२ सहेँलाको धानखेती हुने फाँटमा व्यावसायिक रूपमा कागतीखेती गरेका हुन् ।
गतवर्ष लगाएका २ हजार कागतीका बिरुवा राम्रोसँग हुर्किन थालेपछि यस वर्ष किसानले थप २ हजार बिरुवा लगाउने भएका छन् । ‘हाम्रो योजना ६ हजार बिरुवा ३०० रोपनी जग्गा पु¥याउने हो,’ समूहका अध्यक्ष केशव सुवेदीले भने, ‘एकैपटक लगाउँदा बिरुवामा क्षति हुन सक्छ, तीन वर्षमा योजना अनुसारको काम सकिन्छ ।’
सुन कागती–२ जातको कागती उनीहरूले लगाएका छन् । सहेँलामा खेतीयोग्य जमीन रहेका किसानलाई सेयर सदस्य बनाएर किसान समूह बनेको छ । यहाँ कागतीखेतीका लागि किसानले ५० लाख रुपैयाँभन्दा बढी लगानी गरिसकेका छन् ।
‘उनीहरूको उत्साह र मेहनत निकै राम्रो छ, यो समूहमा भएको खेती अरू किसानका लागि नमूना हुन सक्छ,’ नगर प्रमुख जनकराज पौडेलले भने, ‘सरकारी सहयोग किसानलाई भइरहेको छ र रहन्छ ।’ ५ वर्षमा उत्पादन लिने किसानको योजना छ । यस वर्ष पनि थपिने २ हजार विरुवा सुन कागती–२ जातकै हो । १ करोड लगानी गर्ने योजना बनाएका किसानले प्रदेश र स्थानीय सरकारबाट करीब रू. २० लाख अनुदान पाएका छन् ।
‘एउटा बोटमा ४० किलोसम्म फल्छ, हामीले विक्री गर्दा सय रुपैयाँसम्ममा विक्री गर्न सकिएला,’ अध्यक्ष सुवेदीले भने, ‘विरुवा वयष्क हुँदा सिजनमा १ करोड ६० लाख आम्दानी गर्ने योजना छ ।’ एक रोपनी जग्गाको वार्षिक ५ हजार भाडा उपलब्ध गराउने गरी जग्गा एकीकृत गरिएको हो । ५ वर्षसम्म किसानले पाउने जग्गाको भाडाबापतको रकम शेयर रकममा परिणत हुने समूहले जानकारी दिएको छ । रासस
झापाको मेचीनगर नगरपालिका–९ मागुरमाडीका डिल्लीराम उप्रती कागती बेचेरै करोडपति बनेका छन्। नौ वर्षसम्म विदेशमा श्रम र पसिना बगाएर नेपाल फर्केका उप्रेतीले आफ्नो डेढ बिगाह जमिनमध्ये एक बिगाहमा लगाएको कागती बेचेरै करोडपति बनेका हुन् । उनले अहिले वार्षिक २० लाख रूपैयाँभन्दा बढी आम्दानी गर्न थालेका छन् । २०६९ सालबाट कागतीखेती सुरू गरेका उप्रेतीले अहिले कागतीका दानासँगै…